अराजक प्रसाईं, अपरिपक्व एमाले

लोकतान्त्रिक व्यवस्था विरोधी गतिविधि हुन थालेको भन्दै नेकपा एमालेले संगठित रूपमा यही मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जनप्रदर्शन चुनौतीपूर्ण बनेको छ। व्यवस्था विरोधी तत्वहरुले ले एमालेको प्रदर्शनमा घुसपैठ गर्न सक्ने आकलन गरिएको छ।...

सम्बन्धित सामग्री

अध्यक्ष ओलीमाथि भएको आक्रमण प्रयासप्रति एमाले मकवानपुरको आपत्ति

हेटौंडा : नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापामा भएको दुर्व्यवहारको एमाले मकवानपुर जिल्ला कमिटिले भर्त्सना गरेको छ। एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्। गत बैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा आयोजित पार्टी कार्यकर्ता भेलामा केही अराजक भिडले पार्टी…

प्रदीप पौडेलको आरोप–केपी ओली नेपाली राजनीतिका अराजक पात्र

कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले अध्यक्ष केपी ओली नेपाली राजनीतिका अराजक पात्र भएको आरोप लगाएका छन् । लमजुङको मध्यनेपालमा आयोजित कार्यक्रममा पौडेलले ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप...

एमाले अराजक बन्दै गएको एमालेका पुराना नेताको अनुभव

चितवन : नेकपा एमालेको राष्ट्रिय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपालले एमालेको पाँचौँ र दशौँ महाधिवेशनमा आकाशपातालको फरक रहेको बताएका छन्।एमालेको पाँचौँ महाधिवेशनदेखि सहभागिता जनाउँदै आएका नेता नेपालले दशौँ महाधिवेशनसम्म आइपुग्दा एमालेको तामझाम धेरै भएको बताए। उनले त्यतिवेला अहिलेको जस्तो प्रविधिको युग नभए पनि सभ्य ढंगले पार्टी महाधिवेशन हुने गरेको भन्दै पछिल्लो समय एमाले अराजक बन्दै गएको बताएका छन्।उनले एमालेले आफ्नो अनुशासन भुलेर अराजक बन्दै गएको बताए। भोलि हुने नेकपा एमालेको दशौँ महाधिवेशनमा

प्रधानन्यायाधीश जबराको बचाउमा एमाले : अन्य न्यायाधीशका गतिविधिलाई भन्यो अराजक

काठमाडौं : नेकपा (एमाले) ले सर्वोच्च अदालतमा भइरहेका गतिविधिलाई चरम अराजकता भएको बताएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हटाउन न्यायाधीशहरुले इजलास बहिष्कार गर्नु अराजकता भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ‘अहिले अदालतमा जे भइरहेको छ, दूर्भाग्यपूर्ण छ। यो चरम अराजकता हो,’ उनले भने। न्यायाधीशहरुका गतिविधि अदालतको सुधारसँग नजोडिएको उनले बताए।…

अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो : भीम रावल

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेताको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आजको एक कार्यक्रममा पार्टी अनुशासनही र अराजक भएको भनेको कुरा उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले […]

माधव नेपाल समूहले अराजक हर्कत गरेको छ, कारबाही हुन्छ : ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पछि लाग्नेले कर्णालीमा फ्लोर क्रस गरेर अराजक हर्कत गरेको आरोप लगाएका छन्। बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले भने, 'माधव नेपालले नेपालमा पहिलोपटक अलोकतान्त्रिक र अराजक हर्कत गरेका छन्। त्यो अपराधको क्षमा हुदैन। कारवाही हुन्छ।' माधव नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पाउमा एमाले पार्टी चढाउने खोजेको आरोप समेत लगाए। गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन माधव समूहल

‘नेकपा भित्रको कलहको मुख्य कारण ओलीको अराजक कार्यशैली’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वनेकपा भित्रको अन्तरविरोध र कलहको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक र व्यक्तिवादी कार्यशैली भएको ठहर गरेको छ । राजमोले सोमबार वक्तव्य प्रकाशित गरी नेकपाको वैधानिकता समाप्त भएसँगै थप अन्योलको वातावरण सिर्जना भएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा अहिलेको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकास दिन माग गर्नुभएको छ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटकबीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्न उपयुक्त हुने केसीको सुझाव छ । वक्तव्यमा भनिएको छ, नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । सर्वोच्च अदालतको त्यो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनस्र्थापना भएको थियो । त्यो सकारात्मक कुरा थियो । अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन । त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ । संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार थियो । अहिले पनि उनी नै बढी जिम्मेवार छन् । यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकाश दिनु पर्दछ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ । यसप्रकारको हाम्रो विचारको मुख्य उद्देश्य नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । ...