‘नेकपा भित्रको कलहको मुख्य कारण ओलीको अराजक कार्यशैली’

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पूर्वनेकपा भित्रको अन्तरविरोध र कलहको मुख्य कारण प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक र व्यक्तिवादी कार्यशैली भएको ठहर गरेको छ । राजमोले सोमबार वक्तव्य प्रकाशित गरी नेकपाको वैधानिकता समाप्त भएसँगै थप अन्योलको वातावरण सिर्जना भएको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले प्रेसित गर्नुभएको वक्तव्यमा अहिलेको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकास दिन माग गर्नुभएको छ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटकबीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्न उपयुक्त हुने केसीको सुझाव छ । वक्तव्यमा भनिएको छ, नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण भएको छ । सर्वोच्च अदालतको त्यो फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संगठनात्मक एकता भई निर्माण भएको नेकपा (नेकपा) को वैधानिकता समाप्त भएको छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी तरिकाले संसदको विघटन गरेर देशमा एक प्रकारको राजनीतिक अस्थिरता, अन्यौल र प्रतिगामी खतरा उत्पन्न भएको थियो । त्यस विषयमा सर्वोच्च अदालतले दिएको निर्णयले संसदको पुनस्र्थापना भएको थियो । त्यो सकारात्मक कुरा थियो । अहिले नेकपाको वैधानिकता समाप्त भएको स्थितिमा संसदमा कुनै पनि पार्टीको बहुमत रहेन । त्यो स्थितिमा झन राजनीतिक र कानूनी जटिल समस्या, अस्थिरता र अन्यौलता बढेको छ । संसदको विघटन र नेकपा भित्रको अन्तरविरोध वा कलहको मुख्य कारण केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार थियो । अहिले पनि उनी नै बढी जिम्मेवार छन् । यसप्रकारको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकाश दिनु पर्दछ । त्यसको साथै नेकपाको एकीकरण भएर वा त्यसका २ घटक बीचमा कार्यगत एकता गरेर सरकारको गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ । यसप्रकारको हाम्रो विचारको मुख्य उद्देश्य नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । ...

सम्बन्धित सामग्री

मुस्कुराउन कारण चाहिन्न

दुखी हुन पो कारण चाहिन्छ,मुस्कुराउन कुनै कारण चाहिन्न। कहिले सुख सम्झेर मुस्कुराएँ,कहिले दुख भुलेर मुस्कुराएँ।...

मुस्कुराउन कारण चाहिन्न

दुखी हुन पो कारण चाहिन्छ,मुस्कुराउन कुनै कारण चाहिन्न। कहिले सुख सम्झेर मुस्कुराएँ,कहिले दुख भुलेर मुस्कुराएँ।...

खाद्यान्न आयात घट्नुका कारण

हरेक वर्ष कृषिमा संलग्न रहने जनशक्ति घटेको देखिन्छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ६० प्रतिशतको हाराहारीमा मात्र कृषिमा संलग्न रहेको पाइन्छ । स्वदेशमा रोजगारीको अभावका कारण घरखेत नै धितो राखेर पनि श्रमका लागि विदेशमा जान बाध्य छन् । युवा जनशक्तिको अभावका कारण पनि कृषिमा आकर्षण कम भइरहेको हो । एउटा कारण त्यो बनेको छ भने अन्य […]

बेकह्यामका कारण इङ्ल्यान्ड समर्थक अनिल

खेलकर्मीको नजरमा विश्वकप प्रकाश तिमल्सिना, काठमाडौं फुटबलमा समर्थक हुनका लागि मुख्यत दुईवटा कारण देखिन्छन् । एउटा मनपर्ने खेलाडीका कारण उनी आबद्ध टोलीलाई समर्थन गरिन्छ । अर्को टोली मन परेका कारण त्यसमा आबद्ध खेलाडी स्वतः मन पर्ने हुन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानका अनिल गुरुङको हकमा भने खेलाडी मन परेका कारण उनी आबद्ध टोलीलाई […]

नेपाल वर्षाको कारण बाहिरियो

एजेन्सी – नेपाल वर्षाको कारण एसिसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९.५ ओभरमा ८१ […]

ठेकेदारकै कारण मल अभाव

काठमाडौं, जेठ २७ । पछिल्लो समय रासायनिक मल ढुवानी गर्ने ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण मलको अभाव भइरहेको छ । बिहीबार भारतबाट फर्कनुभएका कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय रूपमा मलमा भएको मूल्य वृद्धि तथा अभावका कारण यहाँ पनि मलको अभाव भएको बताए । “तर ठेकेदार कम्पनीका कारण नेपालमा अलि बढी नै समस्या भयो । ठेकेदार […]

यी हुन् मानिसहरुले धेरै खाने कारण

एजेन्सी, १ चैत्र । नचाहे पनि धेरै खाने बानी हुने गरेको देखिन्छ, तर के तपाईलाई थाहा छ यसको पछाडिको कारण के छ । वैज्ञानिकहरुले यसको पछाडिको कारण पत्ता लगाएका छन् । अन्वेषकहरू भन्छन् कि त्यहाँ हाम्रो भोकका पाँच प्रकारहरू छन् जसले हामीलाई निश्चित मात्रामा पोषक तत्वहरू प्राप्त गर्न सुनिश्चित गर्न सँगै काम गर्दछ। यी पोषक […]

फेरि चर्चामा आइन् कट्रिना, कारण यस्तो

सेलिब्रेटीहका विभिन्न क्रियाकलाप, लवाइखुवाइदेखि कहिलेकाहीँ सामान्य विषय पनि चर्चाको विषय बन्ने गर्छ ।  विभिन्न अवसरमा महँगा कपडा लगाएका कारण सेलिब्रेटीहरू चर्चामा रहने गर्छन् । नवविवाहित बलिउड अभिनेत्री कट्रिना कैफ पनि त्यस्तै महँगो विवाह, गरगहना तथा गिफ्टका कारण चर्चामा रहिन् ।  महँगो लुगाकै कारण उनी फेरि पनि चर्चाकी विषय बनेकी छन् ।  हालै नयाँ फिल्म सुटिङका लागि इन्दौर पुगेका पति विक्की कौशललाई भेटेर फर्कने क्रममा मुम्बई एयरपोर्टमा  देखिएकी कट्रिनाले लगाएको गुलाफी रङको हुडी चर्चाको विषय ब...

वर्षाका कारण इपीएलमा हुने आजको खेल पनि स्थगित

काठमाडौँ, १२ असोज । एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) अन्तर्गतको मगंलबार हुने खेल वर्षाका कारण स्थगित भएको छ । आज पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनबीचको खेल वर्षा कारण स्थगित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलका लागि दुवै टोली पुगे पनि ओसिलो आउट फिल्डका कारण खेल हुन ढिलाइ भएको थियो। तर, वर्षाका कारण […]

वडाध्यक्षको हृदयघातका कारण निधन

काठमाडौं : मनाङको नासों गाउँपालिका–५ का वडाअध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ। ५० वर्षीय वडाअध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो। नासो गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार उनको सोमबार बिहान हृदयघातका कारण निधन भएको हो। सोमबार बिहान खाना नखाँदै बेंसीसहरस्थित एक होटलमा हृदयघात भएपछि उपचारको लागि उनलाई  जिल्ला अस्पताल लमजुङ लगिएको थियो। उपचारको लागि जिल्ला अस्पताल लगिएको उनलाई अस्पतालले सोमबार बिहान ११: ५५  मृत घोषणा गरेको हो। वड