काठमाडौं : नेकपा (एमाले) ले सर्वोच्च अदालतमा भइरहेका गतिविधिलाई चरम अराजकता भएको बताएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हटाउन न्यायाधीशहरुले इजलास बहिष्कार गर्नु अराजकता भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
‘अहिले अदालतमा जे भइरहेको छ, दूर्भाग्यपूर्ण छ। यो चरम अराजकता हो,’ उनले भने।
न्यायाधीशहरुका गतिविधि अदालतको सुधारसँग नजोडिएको उनले बताए।…