एमाले अराजक बन्दै गएको एमालेका पुराना नेताको अनुभव

चितवन : नेकपा एमालेको राष्ट्रिय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपालले एमालेको पाँचौँ र दशौँ महाधिवेशनमा आकाशपातालको फरक रहेको बताएका छन्।एमालेको पाँचौँ महाधिवेशनदेखि सहभागिता जनाउँदै आएका नेता नेपालले दशौँ महाधिवेशनसम्म आइपुग्दा एमालेको तामझाम धेरै भएको बताए। उनले त्यतिवेला अहिलेको जस्तो प्रविधिको युग नभए पनि सभ्य ढंगले पार्टी महाधिवेशन हुने गरेको भन्दै पछिल्लो समय एमाले अराजक बन्दै गएको बताएका छन्।उनले एमालेले आफ्नो अनुशासन भुलेर अराजक बन्दै गएको बताए। भोलि हुने नेकपा एमालेको दशौँ महाधिवेशनमा