नेकपा एमालेले पार्टीमा नयाँ नेतृत्व चयनका लागि विजय सुब्बाको नेतृत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । उक्त आयोगले आगामी पाँच वर्षसम्म पार्टीका आन्तरिक प्रतिष्पर्धाबाट नेतृत्व चयनमा सहयोगी भूमिका खेल्नेछ ।
नेकपा एकीकृत समाजवादीले एमालेकै मोडलमा विभिन्न आयोगहरू गठन गरेको छ । एकीकृत समाजवादीले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन गरेको हो । तीनवटै आयोग ३५ सदस्यीय रहने सो पार्टीले जनाएको छ ।अनुशासन आयोगको अध्यक्षमा काभ्रेका शिवबहादुर देउजा रहेका छन् भने केन्द्रीय लेखा परीक्षण आयोगको अध्यक्षमा ताप्लेजुङका भरतकुमार श्रेष्ठ र केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष ललितपुरका माधव पौडेल रहेका छन् । त्यस्तै सो पार्टीले केन्द्रीय सल्लाहकार परिषद् पनि गठन गरेको छ
नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।यसअघि सोमबार र मंगलबार बसेको सो पार्टीको बैठकले विभिन्न आयोग गठन गरेको थियो । निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको माओवादीले आजको बैठकले ति कमिटीलाई पूर्णता दिने जनाएको छ । आगामी पुस महिनामा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको सो
नेकपा माओवादी केन्द्रले केन्द्रमा तीनवटा आयोग ,ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र विशेष समिति बनाएको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो ।निर्वाचन आयोगको अध्यक्ष विष्णु पुकार श्रेष्ठ तोकिएका छन् भने लेखा आयोगको अध्यक्षको जिम्मेवारी पेशल कुमार खतिवडाले पाएका छन् । त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले १४९ सदस्यीय सल्लाहकार समिति
काठमाडौँ – नेकपा एमालेले निर्वाचन आयोग गठन गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाअघिवेशनबाट एमालेले डा. विजय सुब्बाको अध्यतामा आयोग गठन गरेको हो ।
आयोगको सदस्यमा अधिवक्ता महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, डा. कुन्साङ लामा, रीता सिम्खडा, भरत पोखरेल, रञ्जु ठा…
नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए ।ओलीले आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहेको पढेर सुनाएका थिए । त्यसैगरी अन्य सदस्यहरूमा टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् । हलले ओलीले प्रस्ता
नेकपा (माओवादी) केन्द्रले पार्टीको विधान पारित गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले विधान पारित गरेको हो ।पारित विधान केन्द्रीय समिति बैठक वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन हुने माओवादीले जनाएको छ । त्यस्तै, मंगलबारको बैठकले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय आयोग बनाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने जिम
काठमाडौँ–नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेल नेतृत्वको वर्षमान पुन र श्रीराम ढकाल सदस्य रहेको कार्यदलले एकीकरण, धुव्रीकरण र समायोजनमा आएर पार्टीमा जिम्मेवारी नपाएका नेता तथा कार्यकर्ताहरुको अवस्थाबारे तयार पारेको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा एकतामा आएकाको अवस्था कस्तो छ र उनीहरुलाई कुन स्थान दिने भन्नेबारे विस्तृत व्याख्या गरिएको माओवादीका एक स्थायी कमिटी सदस्यले जानकारी दिए […]