पार्टीको आन्तरिक चुनावका लागि माओवादीले गठन गर्‍यो निर्वाचन आयोग

नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थानीय तहदेखि केन्द्रसम्मको आन्तरिक निर्वाचनका लागि निर्वाचन आयोग गठन गरेको छ ।

सम्बन्धित सामग्री

३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि भइरहेकाे मतदानमा दिउँसो पौने एक बजेसम्ममा ३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर दिउँसो पौने एक बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी गराएको हो । बिहान चिसो भएका कारण तुलनात्मक रुपमा कम मतदान भएको र दिउँसोपछि मतदान केन्द्रहरुमा मतदाताको उपस्थिति बाक्लो रहेको उहाँले बताउनुभयो । प्रवक्ता पौडेलले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढङ्गले मतदान भएको पनि जानकारी दिनुभयो ।

‘चुनाव बिथाेल्न दिँदैनाैँ, मतपेटिका सुरक्षितरूपमा गणनास्थलसम्म पुग्छ’

काठमाण्डाै – यति बेला मङ्सिर ४ गते हुने चुनावकाे स्थिर समय (मौन अवधि) सुरु भएको छ । निर्वाचन आयोग र सरकारले चुनावका लागि सबै तयारी पूरा भएको बताइसकेको छ । चुनावका कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे चुनावका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ ।  चुनावमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोम...

चुनावका बेला भूकम्पपीडितलाई सहायता घोषणा गर्नु आचारसंहिताविपरीत : निर्वाचन आयोग

निर्वाचन आयोगले डोटीबाट एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका चक्र मल्लले भूकम्प पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आर्थिक सहायता दिने घोषणा गर्नु आचारसंहिताविपरीत भएको जनाएको छ ।

चुनावका लागि एमालेले गरायो दल दर्ता

आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको छ ।  मंगलबार बिहान एमालेका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । संविधानको धारा २७१  र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताह

पोखरेलको नेतृत्वमा एमाले निर्वाचन आयोग जादै

काठमाडौं, २४ चैत्र । प्रमुख प्रतिपक्षी दल (एमाले)ले निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि जारी गरेको आचारसंहितामा देखिएका त्रुटीका बारेमा ध्यानाकर्षण गराउने भएको छ । एमालेका नेता तथा महासचिव शंकर पोखरेलको नेतृत्वमा आज नै निर्वाचन आयोग पुगेर त्रुटीबारे ध्यानाकर्षण गराउने भएको छ । आचारसंसहतामा उम्मेदवार, दल, दलका भातृसंगठनहरुे नै प्रचार गर्न नपाउने, जनप्रतिनिधिहरुले प्रचार गर्न […]

२२ करोडको प्रिन्टिङ मेसिन थन्क्याएर ठेकदार खोज्दै निर्वाचन आयोग

२२ फागुन, काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा तोकिएको स्थानीय तहको चुनावका लागि आवश्यक कागजपत्र छपाइका लागि प्रिन्टिङ (छपाइ) मेसिन खरिद प्रक्रिया थालेको छ । आइतबार एक सूचना निकाल्दै आयोगले ऐन, नियम, निर्देशिका, अनुसूची, फारमहरु, विभिन्न किसिमका कार्ड, परिचय पत्र र मतदाता शिक्षासँग सम्बन्धित सामग्री छपाइ गर्ने कम्पनीलाई सूचीकरण हुन आह्वान गरेको हो । यही […]

चुनावको चटारोमा निर्वाचन आयोग : एक/दुई दिनमा कार्यतालिका सार्वजनिक गर्ने

काठमाण्डौ – निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अहिले कार्यतालिकाको मस्यौदामा काम भैरहेको छ । एक/दुई दिनमा मस्यौदा अन्तिम टुङगो लागेपछि कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी छ । कार्यतालिकामा निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिनेछन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम समावेश हुनेछ ।  कार्यतालिका सार्...

चुनावका लागि निर्वाचन आयोग तयारी अवस्थामा

काठमाडौं, ८ कात्तिक । निर्वाचन आयोगले चुनावका लागि आफूलाई तयारी अवस्थामा राखेको छ । स्थानीय तह, प्रदेश र संघीय संसदको आगामी वर्ष चुनाव हुनैपर्ने भएकाले आयोग तयारी अवस्थामा बसेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर आयोगका पदाधिकारीले चुनावबारे परामर्श गरेका छन् । उनीहरुले जेठमा स्थानीय निकायको कार्यकाल सकिने, मंसिरमा प्रदेश र संघीय संसदको कार्यकाल […]