माओवादी केन्द्रले बनायो तीन आयोग, क–कसले पाए नेतृत्व ?

 नेकपा माओवादी केन्द्रले केन्द्रमा तीनवटा आयोग ,ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र विशेष समिति बनाएको छ । मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गठन गरेको हो ।निर्वाचन आयोगको अध्यक्ष विष्णु पुकार श्रेष्ठ तोकिएका छन् भने लेखा आयोगको अध्यक्षको जिम्मेवारी पेशल कुमार खतिवडाले पाएका छन् । त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीले १४९ सदस्यीय सल्लाहकार समिति

सम्बन्धित सामग्री

पूर्णता नदिएरै माओवादी केन्द्रले बनायो ३२ विभाग, स्कूलमा प्रचण्ड [सूचीसहित]

नेकपा (माओवादी केन्द्र)ले पूर्णता नदिई ३२ वटा विभाग गठन गरेको छ । खाली रहेको विभागलाई पूर्णता दिने अधिकार भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।  विभागबाहेक माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । तर, प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी छ ।  पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैंले राखेका छन् भने यसको उपप्रमुखमा गिरिराजमणि पोखरेल चयन भएका छन् ।  पुस्तकालय तथा अभिलेख विभागको नेतृत्व नारायण शर्माले पाएका छन् भने उपप्रमुख र १२ जना सदस्य अझै त...