कर्णाली प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेको सहयोग हुँदाहुँदै पनि अध्यादेशबाट बजेट ल्याउन खोज्ने कार्यको घोर भत्र्सना गरेका छन् ।
प्रदेश सभामा नेकपा एमाले एकै दल सत्तापक्ष र प्रतिपक्ष हुने अवस्थाको विरोध गर्दै आएको नेता कँडेलले विज्ञप्तिमार्फत जनाए ।
बिहीवार बिहान सर्वदलीय बैठक बस्ने निर्णय हुँदाहुँदा प्रदेश सरकारले त्यसअघि नै अधिवेशन अन्त्य सिफारिस गरेक...