काठमाडौँ : आर्थिक वर्ष २०८०।०८१ शुरु भएको ५ महिना बित्दा पनि नौवटा पालिकाले चालू आवको बजेट ल्याउन सकेका छैनन्। देशभरका ९ वटा स्थानीय तहमा गाउँसभा र नगरसभा हुन नसकेकाले बजेट आउन नसकेको बताइएको छ।बजेट ल्याउन नसक्ने पालिकाहरू सबैभन्दा बढी मधेश प्रदेशमा छन्। मधेशका ८ वटा पालिका र कोशी प्रदेशको एउटा पालिकाले अझै बजेट ल्याउन सकेका छैनन्।मधेश प्रदेशका ५ जिल्ला सप्तरी, सर्लाही, धनुषा, रौतहट र सिरहाका पालिकाले बजेट ल्याउन नसकेका हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट ल्याउ