निर्माणाधिन नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ।आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसि