दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

दमौली । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ । पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा […]

सम्बन्धित सामग्री

यो वर्ष ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिन्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चालु आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गर्नेगरी काम गरिने बताउनुभएको छ । मन्त्रालय र पूर्वाधार पत्रकार समाजले बुधबार आयोजना कार्यक्रममा उहाँले गत वर्ष ७० प्रतिशत प्रगति भएकामा चालु आवमा २० प्रतिशत बढाइने बताउनुभयो । कोभिडको असर बाँकी रहनु, निर्वाचनको वर्ष हुँदाहुँदै पनि हासिल भएका उपलब्धि नराम्रो नभए पनि …

कछुवा गतिमा तार भूमिगतको काम : तीन वर्षमा भौतिक प्रगति ५० प्रतिशत मात्र

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने कामको तीन वर्षमा समग्र भौतिक प्रगति ५० प्रतिशत मात्र पुगेको छ । २०७९ साउन महिनासम्म काम सक्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले २०७६ माघबाट विद्युतीय तार भूमिगत

सेतीमादी पुल निर्माणको प्रगति दुई वर्षमा ६ प्रतिशत मात्रै

तनहुँ – जिल्लाका दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति ६ प्रतिशत मात्रै भएको छ। व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ्ग गाउँपालिका–१ को झापुटार जोड्ने सेतीमादी पुल सम्झौता अवधि ६ महिना बाँकी छँदा अत्यधिक न्यून प्रगति भएको हो। विसं २०७७ मङ्सिर १९ गते ३० महिनाको अवधिमा सम्पन्न गर्ने गरी रसुवा इलाइट […]

डिभिजन वन कार्यालय लमजुङको ९०.८४ प्रतिशत वित्तीय प्रगति

डिभिजन वन कार्यालय लमजुङले चालू आर्थिक वर्षमा ९० प्रतिशत बढी वित्तीय प्रगति भएको जनाएको छ । संघ सरकार र प्रदेश सरकारअन्तर्गत विविध कार्यक्रम सञ्चालन गरेकोमा संघ र प्रदेश गरी दुवैतर्फ ९० दशमलव ८४ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको हो ।कार्यालयका अनुसार चालू आर्थिक वर्षमा प्रदेशतर्फ ८९ दशमलव ९६ र संघीय सशर्ततर्फ ९२ दशमलव २६ प्रतिशत […]

बुटवल-नारायणगढ सडकको म्याद सकियो, प्रगति भने १९ प्रतिशत मात्रै

बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ ।यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम भएको हो ।बुटवल–नारायणगढ सडकको लम्बाई ११४ किलोमिटर छ । साढे तीन वर्षमा १९ प्रतिशत काम भएको हुँदा सडक निर्माण सम्पन्न हुन करिव १५ वर्ष लाग्ने देखिएको छ ।

२० अर्बको कालिकण्डकी कोरिडोर, १० वर्षमा ३१ प्रतिशत मात्र प्रगति

काठमाडौं, फागुन ५ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालिगण्डकी करिडोरको एक दशकमा ३१ प्रतिशत मात्र प्रगति भएको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीका कारण आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको कालिगण्डकी करिडोर (मालढुंगा–राम्दी–गैंडाकोट खण्ड) हालसम ३१ दशमलव २५ प्रतिशत मात्र प्रगति भएको हो । गैडाकोट–राम्दी–मालढुंगा सडकअन्तर्गत २ सय ४५ किलोमिटर रहेको छ । सरकारले सो सडकको […]

२० अर्बको कालिकण्डकी कोरिडोर, १० वर्षमा ३१ प्रतिशत मात्र प्रगति

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कालिगण्डकी करिडोरको एक दशकमा ३१ प्रतिशत मात्र प्रगति भएको छ । आयोजना निर्माणमा भएको ढिलासुस्तीका कारण आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको कालिगण्डकी करिडोर (मालढुंगा–राम्दी–गैंडाकोट खण्ड) हालसम ३१ दशमलव २५ प्रतिशत मात्र प्रगति भएको हो । गैडाकोट–राम्दी–मालढुंगा सडकअन्तर्गत २ सय ४५ किलोमिटर रहेको छ । सरकारले सो सडकको ट्र्याक निर्माण […] The post २० अर्बको कालिकण्डकी कोरिडोर, १० वर्षमा ३१ प्रतिशत मात्र प्रगति appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै

चितवन- दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ । शवदाह गृहको निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । त्यतिबेला भौतिक प्रगति १० प्रतिशत थियो । त्यसयता हालसम्म शवदाह गृहको भौतिक प्रगति १५ प्रतिशत मात्रै पुगेको छ । शवदाह निर्माण गर्ने जिम्मा पाएको […]

फास्ट ट्रयाकको प्रगति एक वर्षमा ११ प्रतिशत

नेपाली सेनाले थालेको काठमाडौं-तराई-मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)को निर्माण प्रगति ११.११ प्रतिशत छ। सेनाका अनुसार वित्तीयतर्फ ९.४२ प्रतिशत खर्च भएको छ। आयोजनामा हालसम्म १७ अर्ब ८३ करोड खर्च भइसकेको सेनाले जनाएको छ।