यो संसद र यसको कार्यकाल सफल भएको छ : केपी ओली

एमाले अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यो संसद र यसको कार्यकाल सफल भएको बताएका छन् । शनिवार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले यो संसदले संविधानको कार्यान्वयनका लागि कानून बनाउन भूमिका खेलेको बताउँदै इतिहासमा नमेटिने खालका काम भएको, राष्ट्रिय स्वाधिनताका सम्बन्धमा महत्वपूर्ण काम भएको बताए । उनले आफ्नो सरकार रहेको बेला संसदमा आफूलाई रचनात्मक सहयोग गरेकोमा धन्यवाद समेत दिए । तर पछिल्लो समयमा संसद कमजोर भएको राष्ट्रियताको पक्षमा

सम्बन्धित सामग्री

राजनीति भद्रगोल भयो, संसद पंगु भयो : केपी ओली

३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पंगु भएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा उनले गठबन्धन सरकार बनेपछि संसद, संसद जस्तो नभएको र अदालत, अदालत जस्तो हुन नसकेको बताएका हुन् । ‘यो गठबन्धनको एक बर्षको सरकारमा हामीले देख्यौं, भोग्यौं हामीले । अर्थतन्त्र ओरालो लाग्यो, […]

प्रचण्डको षडयन्त्र चकनाचुर पार्न संसद विघटन : केपी ओली

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठिक भएको बताएका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समितिको बैठकमा ओलीले पुष ५ गलत थियो भन्नेले प्रचण्ड र माधव नेपालको ‘षडयन्त्र’ ठिक थियो भन्नुपर्ने बताए। ‘आजकल पुष ५ गलत थियो भनेको सुन्छु,’ ओलीको भनाइ छ, ‘त्यसो भए प्रचण्ड र माधव नेपालको […]

बैठक स्थगित भएपछि संसद भवन पुगे केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिसभा बैठकमा सहभागिता जनाउन संसद भवनमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि संसद भवनमा प्रवेश गरेका हुन् । अध्यक्ष ओली संसद बैठक स्थगित भइसकेपछि संसद भवन पुगेका हुन् ।संसद सचिवालयले एक सूचना जारी शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिएको छ । संसद सचिवालयले बैठक स्थगित भएको जानकारी दिएपनि अन्य दलका नेताहरु पनि अहिले संसद भवन पुगेका छन् ।

केपी ओली गफाडी नम्बर वान : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए । ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, &lsqu

संसद अवरोध जायज छ, जारी रहन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् ।मंगलबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले  सभामुख सापकोटाले संसद चलाउन नसक्ने ठोकुवा समेत गरे । ‘सभामुखले निष्पक्षता अपनाउन नसकेपछि, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि हामीले उनलाई सभामुख मान्न सक्ने अवस्था भएन् । उनले संसद चलाउन सकेनन्, गैर सांसद राखेर संसद चलाउन नमिल्ने कानुन छ’,

माओवादीले ओली सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

माओवादी केन्द्रले सरकारलाई आफ्नो समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले रातोपाटीलाई जानकारी द

संसद पुनःस्थापना भए प्रतिगमन हुन्छः गृहमन्त्री थापा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन् ।  बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन ।पुनःस्थापना पनि हुँदैन ।ू प्रधानमन्त्री केपी ओलीले संसद विघटनको  साहसिक निर्णय भएको थापाले  बताए  । ‘देशमा

‘निरंकुश केपी ओली एण्ड प्रवृत्ति’ को अन्त्य भयो – माधव नेपाल

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताउनुभएको छ । संसद विघटनविरुद्ध काठमाण्डौमा भएको कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश कदमअन्तर्गत संसद विघटन गरेको बताउनुभयो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गर्नु राजनीतिक र संवैधानिक हिसाबले उचित नभएको भन्दै उहाँले असंवैधानिक कदमलाई अस्वीकार गर्न सबैसँग आग्रह गर्नुभयो । अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधी भएको...