काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निरंकुश केपी ओली एण्ड प्रवृत्तिको अन्त्य भएको बताउनुभएको छ ।
संसद विघटनविरुद्ध काठमाण्डौमा भएको कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश कदमअन्तर्गत संसद विघटन गरेको बताउनुभयो । पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गर्नु राजनीतिक र संवैधानिक हिसाबले उचित नभएको भन्दै उहाँले असंवैधानिक कदमलाई अस्वीकार गर्न सबैसँग आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले ओली गणतन्त्रविरोधी भएको...