काठमाण्डाै – पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुकाे लडाइँ केपी ओली विरुद्ध नभएर केपी ओली प्रवृत्ति विरुद्ध भएकाे बताउनुभएकाे छ । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताउनुभएको हो ।
एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उहाँले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिनुभयो । आफूले विगतमा पार्टी भित्र समस्या देखिने वित्त...