नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् ।मंगलबार झापामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सभामुख सापकोटाले संसद चलाउन नसक्ने ठोकुवा समेत गरे । ‘सभामुखले निष्पक्षता अपनाउन नसकेपछि, पार्टी कार्यकर्ताको रुपमा काम गरेपछि हामीले उनलाई सभामुख मान्न सक्ने अवस्था भएन् । उनले संसद चलाउन सकेनन्, गैर सांसद राखेर संसद चलाउन नमिल्ने कानुन छ’,