नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए । ‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, &lsqu