काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन् । बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘संसद पुनःस्थापना भयो भने मुलुकमा प्रतिक्रान्ति हुने खतरा छ । संसद पुनःस्थापना हुन मुलुकको हितमा छैन ।पुनःस्थापना पनि हुँदैन ।ू प्रधानमन्त्री केपी ओलीले संसद विघटनको साहसिक निर्णय भएको थापाले बताए । ‘देशमा