कञ्चनपुर : बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधीन भवन तोडफोड गरेकी सत्तारुढ कांग्रेस कार्यकर्ता शान्ति नाथले प्रशासन कार्यालयमा माफी मागेकी छिन्।शुक्रबार शान्ति नाथले आफूसहित २०/२५ जनाको समूहको हुलहुज्जत गरेर सहकारी संस्थाको बेलडाँडी नवनिर्मित भवनमा ढुङ्गामुढा प्रहार गरी भौतिक क्षति पुर्याएको स्वीकार गरेकी हुन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सभाकक्षमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीलगायत विभिन्न राजनी