प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार नेपाल प्रहरीको प्रशासन विभागमा राजीनामा बुझाएसँगै प्रहरीभित्र नयाँ एआइजीको चर्चा सुरु भएको छ । पोखरेलले मंगलबारबाट लागु हुने गरी बुझाएको राजीनामा प्रहरी महानिरीक्षकले अघि बढाएर गृहमन्त्रालय हुँदै अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । प्रक्रिया पुरा भएसँगै उनको स्थानमा एक एआइजी पद रिक्त रहने छ ।प्रहरी महानिरीक्षकको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरी नियुक्ति खारेजीको माग गरेका विश्वराजलाई अन्ततः सर्वोच्च अद