एआइजी थप्ने प्रस्ताव किन मन्त्रिपरिषदमा अड्कियो ?

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी( र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो।यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। तर अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि तीनवटा मात्रै थप गर्ने गरी प्रस्ताव अघि बढाइएको हो। सरकारले पनि एआइजी तहमा त