रुकुम - रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
आठबिसकोट नगरपालिका-३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।
स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्र...