एमसीसीको प्रदर्शनमा घाइते भएका अवस्थी अस्पतालबाट डिस्चार्ज

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध प्रदर्शनमा घाइते भएका युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्नपूर्ण न्यूरो अस्पतालका अनुसार घाइते भएका ३० वर्षीय हेमराज अवस्थी ११ दिन पछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।प्रदर्शनमा घाइते भएका अवस्थीलाई सुरुमा ट्रमासेन्टरमा लगिएको थियो । त्यहाँ उपचार नभएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा उनको टाउकोको अप्रेसन गरिएको थियो । अवस्थीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको र उनलाई चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।