कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' २५ देशमा देखियो (सूचीसहित)

कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' २ दर्जन बढी देशमा देखिएको छ । सिएनएनका अनुसार हालसम्म विश्वका २५ देशमा यो नयाँ भेरिएन्ट देखिएको हो । सिएनएनका अनुसार अष्ट्रेलिया, अष्ट्रिया,, बेल्जियम, बोत्स्वाना, ब्राजिल, क्यानडा, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, हंगकंग, इजरायल, इटाली, जापान, नेदरल्याण्ड, नाइजेरिया, नर्वे, पोर्चुगल, साउदी अरेबिया, साउथ अफ्रीका, साउथ कोरिया, स्पेन, स्वीडेन, युके र अमेरिकामा यो नयाँ भेरिएन्ट देखिएको छ  । यो नयाँ भेरिएन्ट फैलने डरले विश्वका अधिकांश देशहरुले यात्रामाथि प्रतिबन्ध लगाएका छन्। अधिकांश देशहरुले हवाई तथा स्थल यात्रामाथि प्रतिबन्धको घोषणा समेत गरिसकेका छन्। बेलायत, जापान, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउदै आवतजावत ठप्प पारिसकेका छन् भने अन्य देशहरुले पनि यहि शैली पछ्याउने क्रममा छन्। छिमेकि मुलुक भारतमा अन्तराष्ट्रिय उडान यहि १५ डिसेम्बरबाट सुरु हुँदै थियो तर उक्त उडान खुलाउने मिति समेत अर्को घोषणा नहुँदासम्मको लागि स्थगित गरिएको छ। नेपालमा के छ ?स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले उक्त भाइरसको नयाँ प्रकारबारे आफूहरूले सूक्ष्म निगरानी गरिरहेको बताएका छन्।उनीहरूका अनुसार पहिलेदेखि नै भाइरसका नयाँ भेरिअन्टहरू आउँछन् कि भनेर सतर्कताका साथ हेरिएको र निगरानी गरिएको अवस्था थियो।नयाँ भेरिअन्ट भेटिएपछि त्यो नेपालमा आएको छ कि भनेर थप सतर्कता अपनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 'अहिले हामीले स्थल र हवाई मार्गबाट भित्रिने व्यक्तिबारे सरकारले लिनुपर्ने सावधानीबारे हामीले प्राविधिक विश्लेषण गरिरहेका छौँ,' उनले भने।उनका अनुसार सबै नाकामा रहेका हेल्थ डेस्कलाई विशेष सावधानी अपनाउन निर्देशन दिइसकिएको छ। त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको तथा पूर्ण मात्रा खोप नलगाएकालाई अनिवार्य क्वारन्टीनको व्यवस्था गरिएको अधिकारीले बताए।खोप लगाएका व्यक्तिहरूले नेपाल आउँदा घरैमा क्वारन्टीन बस्न पाउने तर नलगाएकाहरूले आफ्नै खर्चमा होटलमा १४ दिन क्वारन्टीन बस्नुपर्ने व्यवस्था गरिएको उनी बताउँछन्।त्यस्तै नेपाल भित्रिएपछि गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएमा त्यसको जीन सीक्वन्सिङ गराइने उनले बताए। सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमुना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ।पहिले भाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिएको थियो।तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोनाभाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्। अधिकारीले भने, 'अहिले पछिल्लो समयलाई मध्यनजर गरेर हामीले ठूलो सङ्ख्यामा नमुनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ।''अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ। नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन।'डा. अधकारीले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराउने बताए। 'अहिले त्यो भाइरस हुन सक्ने, सङ्क्रमण आउन सक्ने सम्भावनालाई उच्च सतर्कताका साथ लिएर हामीले लिनुपर्ने सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरू...यी सबै कुराहरूलाई हामीले सँगै लिएर जानुपर्नेछ,' अधिकारीले भने। 

सम्बन्धित सामग्री

घट्दै कोरोना संक्रमण

कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो।

‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मर्स-कोरोना भाइरस’ !

कोरोना भाइरसको ‘सार्स-कोभ-२’ ले विश्राम लिँदै गरेको छ । ‘सार्स-कोभ-२‘ को तीन लहरले नेपालमा मानवीय क्षति तथा मानसिक रूपमा ठुलो प्रभाव पारेको थियो । तर कोरोना भाइरसका प्रजातिहरू मध्य ‘मध्य पूर्वीय’ कोरोना भाइरस अर्थात् ‘मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) कोरोना भाइरस’ लाई सबैभन्दा घातक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार १० सङ्क्रमितहरू मध्य झन्डै ३ देखि ४ जनासम्मको मृत्यु हुने गर्दछ । नेपालीहरू वैदेशिक रोजगारको सिलसिलामा सबै

फेरि बढे कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्।  केही दिनदेखि घटेको कोरोना संक्रमण फेरि बढेको हो।

कैलालीमा समुदायमा कोरोना : परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना पुष्टि

पछिल्लो समय कैलालीमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ । नमुना सङ्कलन गरिएकाको कोरोना परीक्षण गर्दा आधा भन्दा बढीमा कोरोना पुष्टि हुन थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ ले जानकारी दिए ।पछिल्लो २४ घण्टामा १८७ को नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । धनगढीको कोरोना अस्पतालमा गरिएको परीक्षण मध्ये ८३ जनामा भने नेगेटिभ  देखिएको उनले बताए ।  हाल सम्म १ हजार ६सय ३५ बिरामी मध्ये निको भई घर गएका १ हजार ४ सय ५  रहेका छन् । अस्

कर्णालीमा कोरोना : थप ५१ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

कर्णाली प्रदेशमा बिहीबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।  ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३२ जना र १६५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । बिहीबार सबैभन्दा धेरै जुम्लामा २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।  यस्तै कालिकोटमा १०, सुर्खेतमा ९, रुकुम पश्चिममा ६, मुगुमा २, हुम्लामा १ र अन्य १ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स

कर्णालीमा कोरोना बढ्यो : थप १०७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा मंगलबार थप १०७ जनामा  कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ ।  ७६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको  कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा  गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो पछिल्लो एक साताको तुलनामा  निकै बढी हो । पछिल्लो समय  निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोनाका बिरामीहरू बढ्न थालेको जनस्वास्थ्यविदहरुले बताउने गरेका छन् । सुर्खेत, दैलेखक

कोरोना सङ्क्रमितले के गर्ने ? के नगर्ने ?

कोरोना सङ्क्रमितहरुले मनोबल बढाउनका लागि सबैभन्दा पहिला कोरोना के हो  र  कसरी सर्छ ? भन्ने बुझ्न आवश्यक हुन्छ । कोरोना सङ्क्रमण एकखालको भाइरस इन्फेक्सन हो । अरु भाइरसले जस्तै कोरोना भाइरसले पनि आफ्नो स्वरुपमा परिवर्तन गर्छ । स्वरुप परिवर्तन गर्दा कतिपय भाइरस धेरै आक्रामक भएका हुन्छन् भने केही कम आक्रामक भएका हुन्छन् ।  अहिले परिवर्तन भएर आएको कोरोना भाइरस बढी आक्रामक भएर आएको पाइएको छ । हाम्रो देशमा नै यसबारे अध्ययन भएको छैन, तर विभिन्न देशहरुमा भएका अध्ययनले अहिलेको भाइरस बढी आक्रामक रहेको भन्ने कुराको प...

सांसदको कोरोना परीक्षण हुने

प्रतिनिधि सभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ । वैशाख २२ र २३ गते कोरोना परीक्षण हुन लागेको हो । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण हुनेछ । यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।गोरखापत्रमा खबर छ ।

कोरोना छ कि छैन ?

न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । प्रस्तुत छ, उनीहरूका धारणा– कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसक

कोरोना सङ्क्रमितमुक्त  बन्यो हुम्ला

हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो । एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।    गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष क...