न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । प्रस्तुत छ, उनीहरूका धारणा– कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसक