कैलालीमा समुदायमा कोरोना : परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना पुष्टि

पछिल्लो समय कैलालीमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ । नमुना सङ्कलन गरिएकाको कोरोना परीक्षण गर्दा आधा भन्दा बढीमा कोरोना पुष्टि हुन थालेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठ ले जानकारी दिए ।पछिल्लो २४ घण्टामा १८७ को नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । धनगढीको कोरोना अस्पतालमा गरिएको परीक्षण मध्ये ८३ जनामा भने नेगेटिभ  देखिएको उनले बताए ।  हाल सम्म १ हजार ६सय ३५ बिरामी मध्ये निको भई घर गएका १ हजार ४ सय ५  रहेका छन् । अस्

सम्बन्धित सामग्री

समुदायमा कोरोना तेस्रो लहरको जोखिम बढ्यो

कोभिड–१९ को संक्रमण दर दैनिक रूपमा बढ्दै गएको छ । भारतसँंग जोडिएका सीमानाकामा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित दैनिक रूपमा बढ्दै गएका छन् ।सुदूरपश्चिमको तीनवटा नाकामा आइतबार ९ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जना र शनिबार १३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २५ जना संक्रमित भेटिएका थिए भने शुक्रबार ११ सय […]

समुदायमा कोरोना फैलिन नदिन एन्टिजेन परीक्षण

काठमाडौं (नेस) । ललितपुर महानगरपालिकाले संक्रमितको नजिकको सम्पर्कमा रहेका र कोभिड १९को लक्षण देखिएका व्यक्तिलाई लक्षित गरी समुदायमा नै पुगेर एन्टिजेन परीक्षण गरिरहेको छ । महानगरले पछिल्लोपटक साउन २४ देखि २७ गतेसम्म महानगरभित्रका विभिन्न स्थानमा परीक्षण केन्द्र राखेर एन्टिजेन परीक्षण गरेको थियो । त्यसअघि पनि वडा पिच्छे परीक्षण केन्द्र राखी परीक्षण गरिएको थियो । ललितपुर […]

समुदायमा कोरोना संक्रमित खोज्न स्वास्थ्यकर्मी परिचालन

गोरखा बारपाकको जस्तै अवस्था अन्यत्र पनि रहेको हुनसक्ने अनुमान सहित अहिले प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले विभिन्न क्षेत्र बाँडेर ग्रामिण क्षेत्रमा कोरोना परीक्षण गर्न थालेको छ । त्यसका लागि प्रदेशका ११ वटै जिल्ला हेर्नेगरि तीनवटा टिम परिचालन गरेको छ ।

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।...

भारतबाट आएका यात्रु विमानस्थलबाट सीधै समुदायमा

काठमाडौं । छिमेकी मुलुक भारत कोरोनाको हटस्पट बनेको छ । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेहरुको दाहसंस्कारका लागि ठाउँ नभएको समाचार र भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । तर, त्यही भारतबाट काठमाडौं आउने नागरिकहरुलाई सरकारले खुल्लमखुल्ला समुदायसम्म जान दिइरहेको छ ।समुदायमा कोरोना फैलिएको भारतको नयाँ दिल्ली लगायतका ठाउँबाट पछिल्लो साता त्रिभुवन विमानस्थलमा दैनिक २५० देखि ३ सय यात्रु काठमाडौं आइरहेका छन् ।काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णयपछि त्यो संख्यामा कमी आएको बताइएको छ । तर, बुधवार एअर

गोरखामा एउटै गाउँका २९ जनालाई कोरोना संक्रमण

भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ। मंगलबार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो। यी मध्ये १४ महिला र १५ पुरुष छन्।...

नेपालमा पत्ता लागेभन्दा धेरैमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने

काठमाण्डाै - समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण भइसकेकाे हुन सक्ने डाक्टरले बताएका छन् । नेपालमा पछिल्लो समय पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको सङ्ख्या धेरै भएको र  यसको अर्थ समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका भन्ने बुझ्न सकिने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो । यी सङ्केतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो लहर देखिइसकेको पुष्टि हुने उहाँको भनाइ छ । नेपालमा गएको १० दिनयता सिकिस्त सङ्क्रमितको सङ्ख्या पनि  दिनहुँ बढ्दै गइरहेको छ ...

बैतडीमा समुदायमा कोरोना फैलिएको आशंका

बैतडी । बैतडीमा समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । गत मंसीरमा भारतबाट फर्केका ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । गत मंसिरमा भारतबाट फर्केका र ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको अशंका गरिएको उनले बताए । …

‘समुदायमा कोरोना सङ्क्रमण फैलिएको छैन’

राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेको दाबी छ ।

समुदायमा कोरोना फैलिन नदिन के गर्ने ?

सरकारले दुई सातादेखि कतिपय जिल्लामा लकडाउन खुकुलो गरेको छ। यसलाई कतिपयले कोरोनाको जोखिम हटेको रूपमा लिएका छन् भने कतिपयले कोरोनाले केही गर्दैन भनेर मनपरी गरेको पनि देखिन्छ। तर विज्ञहरूले भने लापरवाही भयो भने कोरोना समुदायमा फैलिने स्थिति आउने भन्दै सचेत हुन आग्रह गरेका छन्।