कोरोना सङ्क्रमितहरुले मनोबल बढाउनका लागि सबैभन्दा पहिला कोरोना के हो र कसरी सर्छ ? भन्ने बुझ्न आवश्यक हुन्छ ।
कोरोना सङ्क्रमण एकखालको भाइरस इन्फेक्सन हो । अरु भाइरसले जस्तै कोरोना भाइरसले पनि आफ्नो स्वरुपमा परिवर्तन गर्छ । स्वरुप परिवर्तन गर्दा कतिपय भाइरस धेरै आक्रामक भएका हुन्छन् भने केही कम आक्रामक भएका हुन्छन् ।
अहिले परिवर्तन भएर आएको कोरोना भाइरस बढी आक्रामक भएर आएको पाइएको छ । हाम्रो देशमा नै यसबारे अध्ययन भएको छैन, तर विभिन्न देशहरुमा भएका अध्ययनले अहिलेको भाइरस बढी आक्रामक रहेको भन्ने कुराको प...