कोरोना सङ्क्रमितमुक्त  बन्यो हुम्ला

हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो । एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।    गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष क...

सम्बन्धित सामग्री

सम्झौताको पाँच वर्षपछि बन्यो झोलुंगे पुल – देशसञ्चार

सिमकोट – हुम्ला मुुगुु जिल्लालाई जोड्ने दोमुुखमा कर्णाली नदीमा झोलुंगे पुल निर्माण भई सञ्चालनमा आएको छ। पुल बनेपछि पैदल यात्रुलाई सो स्थानमा निर्माण भएको

सनलाइट बन्यो हुम्ला कपको विजेता

सिमकोट – नाइन ए साइट हुम्ला कप फुटबलकोे सनलाइट क्लब विजेता बनेको छ। फाइनल खेलमा सिमब्वाइज क्लबलाई हराउँदै सनलाइट विजेता भएको हो। विजेता सनलाइटले सिमकोटकै सिम ब्वाइज क्लबलाई शून्यका विरुद्ध एक गोल गरेर फाइनलमा विजेता भएको थियो। पेनाल्टी एरियामा सिमब्वाइजका धीरज रोकायाले ह्याण्ड गरेपछि पेनाल्टीबाट सनलाइट विजेता भएको छ। सनलाइटको उक्त गोल विनोद लामाले गरेका […]

खार्पुनाथ बन्यो हुम्लाकै पहिलो पूर्ण खोपयुक्त गाउँपालिका

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खार्पुनाथ पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्लाकै पहिलो पालिका हो । जिल्लामा सात गाउँपालिका छन् । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित गरिएको हो । गाउँपालिकाको स्वास्थ्य […]

उधारोमा बन्यो कर्णालीमा पुल

हुम्ला, मंसिर २१ । पुल निर्माण सम्झौतापूर्व नै लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोड्न सफल भएका छन् । पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन । हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयले आफैँ खर्च र जनश्रमदान गरी पुल […]

कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

९ मंसिर, सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ । मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि […]

माैसम सुधार नहुँदा सञ्चारविहीन बन्यो हुम्ला

हुम्ला जिल्ला सञ्चारविहीन भएको छ । जिल्लामा बुधबारदेखि घाम नलाग्दा सदरमुकाम लगायत सबै ग्रामीण बस्तीहरू र जिल्ला बाहिर रहेका अप्टिकल फाइबर तथा रिपिटर टावरमा रहेका सोलार सिस्टमले काम गरेको छैन । सोलार सिस्टमले काम नगरेपछि जिल्लाका ७ वटै गाउँपालिका सञ्चारविहीन भएको हो ।

कोरोना सङ्क्रमित मुक्त बन्यो हुम्ला जिल्ला

तेस्रो लहरको कोरोना सङ्क्रमणबाट हुम्ला जिल्ला सङ्क्रमित मुक्त भएको छ । पछिल्लो समय तेस्रो लहरको कोरोनाबाट संक्रमित हुनुभएका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई कोरोना मुक्त हुनु भएपछि जिल्ला सङ्क्रमित मुक्त भएको हो ।

बरदान बन्यो 'स्नोलक भेइकल', हुम्लामा हिउँ पर्दा पनि सहजै उडान

हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । जिल्लालाई देशका अन्य भागसँग जोड्ने एउटै मात्र माध्यम हावाई जहाज हो । त्यो पनि हिउँदमा पटक पटक पर्ने हिउँले विमानस्थल बन्द हुने गथ्र्यो । विगतमा हिउँ परेपछि सेना प्रहरी कर्मचारी र स्थानीय बेल्चाको सहायताले हिउँ फाल्थे । यसो गर्दा धेरै दिनसम्म उडान अवरुद्ध हुन्थ्यो । तर अहिले बिमानस्थले हिउँ फाल्नका लागि स्नोलक भेइकल ल्याएर सञ्चालनमा ल्याउँद हिउँ परेका बेला पनि उडान भर्न सहज भएको छ ।

कैदी–बन्दीविहीन बन्यो हुम्ला कारगार

सिमकोट– जिल्ला प्रहरी कार्यालय हाताभित्रै रहेको कारागार कैदी बन्दीविहीन भएको छ। अदालतबाट फैसला भएर कारागार जीवन बिताइरहेका कैदी बन्दीहरुलाई जिल्ला बाहिर जेल चलान गरिएपछि जिल्लामा कारागार खाली भएको हो। प्रहरी नायव उपरीक्षक हेरम्भ शर्माले जिल्ला प्रहरी कार्यालयमै रहेको थुनुवा कक्षसँगैको भवनमा रहेको कारागारमा समय बिताइरहेका दुई जनालाई नेपालगंज जेल चलान गरिएपछि खाली भएको जानकारी दिए। […]