तत्काल भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

एजेन्सी। कोरोना त्रासका कारण तत्कालै भारत छाड्न अमेरिकाले आफ्ना नागरिकलाई भनेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण अमेरिकाले एड्भाइजरी जारी गर्दै यस्तो भनेको हो। अमेरिकाले 'लेभल ४ ट्राभल हेल्थ नोटिस' जारी गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्न हरेकखालको मद्दत गर्ने घोषणा गरेलगत्तै यस्तो चेतावनी जारी गरिएको हो।

सम्बन्धित सामग्री

भारतीय पत्रकारलाई देश छाड्न चीनको निर्देशन

बेइजिङ- चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इण्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन् । यी पत्रकार भारत फर्केसँगै चीनमा भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इण्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएको ब्लुमबर्गले जनाएको छ । चीनको यस कदमबाट भारतसँगको सम्बन्धमा अझ तिक्तता बढाउने बताइएको छ […]

ट्वीटर र भारत सरकारबीचको विवाद अदालत पुग्यो

सामाजिक सञ्जाल कम्पनी ट्वीटरले भारत सरकारले उसका प्लेटफर्ममा पोष्ट गरिएका विभिन्न सामग्री हटाउन दिएका निर्देशनविरुद्ध कर्नाटक उच्च अदालतमा मुद्दा दायर गरेको छ । भारत सरकारले जुनमा ट्वीटरलाई पत्र पठाएर आफ्नो निर्देशन पालना नगरे ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको थियो ।  ट्वीटरले उच्च अदालतमा मुद्दा दायर गरेको सार्बजनिक भएपछि देशका केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले सबै विदेशी इन्टरनेट प्लेटफर्मले भारतीय कानुनप्रति उत्तरदायी हुनुपर्ने प्रतिक्रिया दिए । भारतमा ट्

मीरगञ्जमा नयाँ पक्की पुल, एक महिनाभित्र सञ्चालनमा ल्याउन निर्देशन

मोरङ – भारतको विहार बथनाहस्थित परमान नदीमा निर्माणाधीन पक्की पुल एक महिनाभित्र सञ्चालनमा ल्याउन भारत सरकारले निर्देशन दिएको छ। विराटनगरस्थित मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालका अनुसार भारतका सडक, पारवहन तथा राजमार्गमन्त्री नितीन गडकरीले एकमहिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी कार्य अघि बढाउन निर्देशन दिएका हुन्। मंगलबार अध्यक्ष रिजालले ४ वर्षअघि गएको बाढीबाट क्षति पुगेको मीरगञ्ज […]

भारत रंग महोत्सवमा नेपाली नाटक 'क्लेशा'

काठमाडौं : नेपाली नाटक 'क्लेशा' भारत रंग महोत्सवमा छनोट भएको छ।प्रतीक्षा कट्टेलको लेखन तथा विजया कार्कीको निर्देशन रहेको नाटक नेशनल स्कुल अफ ड्रामा (एनएसडी)ले आयोजना गर्ने प्रतिष्ठित महोत्सवमा छनोट भएको हो। दुई वर्षअघि मञ्चन भएको 'क्लेशा' निर्देशकको रुपमा विजयाको पहिलो नाटक भने यही नाटकबाट अभिनेत्री सुरक्षा पन्तले नाटकमा डेब्यु गरेकी थिइन्।त्यस्तै लेखक प्रतीक्षा कट्टेलको पनि यो पहिलो नाटक हो। महिला लेखक र निर्देशकको पहिलो नाटक नै भारत रंग महोत्सवमा छनोट हुन सफल भएक

पुसभित्रै भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा जाने तयारी गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा देउवाले पुसभित्रै भारत जाने गरी आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। यससँगै मन्त्रालयका कर्मचारी भारत भ्रमणको आन्तरिक गृहकार्यमा लागेका हुन्।भ्रमणको अन्तिम गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। जाने मिति तय भइसके पनि मन्त्रालयका उच्च अधिकारीले कहिले जाने भन्ने खुलाउन चाहेनन्।कोरोना संक्रमणको जोखिमका कार

नेपालका अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर रिलिज

काठमाडौं : अनुप थापाको निर्देशन रहेको बलिउड फिल्म ‘ए मर्द बिचरा’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म १९ नोभेम्बरदेखि भारत सहित अन्य केही देशमा रिलिज हुँदैछ। यस फिल्ममा नेपालका अनुप थापाको लेखन तथा निर्देशन रहेको छ। फिल्मले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ। आफ्नो निर्देशनमा बनेको बलिउड फिल्मलाई…

तत्काल भारत छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

एजेन्सी। कोरोना त्रासका कारण तत्कालै भारत छाड्न अमेरिकाले आफ्ना नागरिकलाई भनेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण अमेरिकाले एड्भाइजरी जारी गर्दै यस्तो भनेको हो। अमेरिकाले 'लेभल ४ ट्राभल हेल्थ नोटिस' जारी गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्न हरेकखालको मद्दत गर्ने घोषणा गरेलगत्तै यस्तो चेतावनी जारी गरिएको हो।