नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा अधिवेशन विवादित बनेको छ । मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि दलभित्रका दुई समूहबीच आन्तरिक लडाइँ सुरु भएको हो । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) सङ्ख्या ७२१ रहेको छ । मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मत पेटिका खोलेर सर्सती गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको छ । निर्वाचन मण्डलका अनुसार मंगलवार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान साँझ झण्डै पाँच बजे सकिएको थियो । मतदान सकिएको