मतगणना गर्दा ३१ मत बढी भेटिएपछि दैलेखमा विवाद

सुर्खेतं, पुस २८ । नेकपा एमाले दैलेखको मतगणना स्थगित गरिएको छ। मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो। एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो। जसमा ७१८ मत खसेको थियो। तर, मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको छ ।

सम्बन्धित सामग्री

दैलेख एमालेभित्र विवाद : मतदाता संख्याभन्दा ३१ मत बढी कहाँबाट आयो ?

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा अधिवेशन विवादित बनेको छ । मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि दलभित्रका दुई समूहबीच आन्तरिक लडाइँ सुरु भएको हो । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) सङ्ख्या ७२१ रहेको छ । मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मत पेटिका खोलेर सर्सती गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको छ । निर्वाचन मण्डलका अनुसार मंगलवार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान साँझ झण्डै पाँच बजे सकिएको थियो । मतदान सकिएको