धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत प्राप्त गर्नुभएको छ भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत प्राप्त गरेका हुन्। त्यस्तै नेकपा (एकीकृत समाजवादी)का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत प्राप्त गरेका छन् ।जनता समाजवादी पार्टी (जसपा)नेपालका गङ