नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीयस्तरमा तालमेल गरेर जान सदैव खुला रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’ कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।तर, कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो । राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लड्नुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपट