काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३ प्रतिशत वृद्धि भएको हो ।
गत आवमा कम्पनीले रू. १ करोड ३१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १३ लाख पुगेको हो । चालू आवमा कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
सञ्चालन आम्दानी गत आवको तुलनामा चालू आवमा १० दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. १८ करोड ६४ लाख रहेकोमा चालू आवमा बढेर रू. २० करोड ६१ लाख पुगेको हो ।
नाफाबढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८५ पैसा रहेकोमा चालू आवमा बढेर १ रुपैयाँ ३९ पैसा पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड रहेको छ । जगेडा कोष भने रू. २१ करोड ३० लाख ऋणात्मक रहेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा र चालू अनुपात ३ दशमलव २५ गुणा रहेको छ ।
काठमाडौं, ३०साउन।चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५करोड ११लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।जुन अघिल्लो ववर्षको तुलनामा ७९६.४१प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १करोड ६८लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन आम्दानी गत वर्षभन्दा करिब ४२ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४४ करोड ४० लाखभन्दा बढी रहेको सञ्चालन आम्दानी यस वर्ष रू. ६२ करोड ९० लाखभन्दा बढी भएको हो ।
कम्पनीको कुल खर्च पनि यो वर्ष बढेको छ । गत वर्ष रू. १२ करोड ६० लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ५७ लाखभन्दा बढी कुल खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ३० करोड ७८ लाखभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ७९ दशमलव ९३ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले तीन महिनामा १ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बिबरण अनुसार साउन देखि असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यसैअवधिमा चन्द्रागिरीले २ करोड ३७ लाख […]
चन्द्रागिरी हिल्स आईपिओ निष्काशन गरेपछि पहिलोपटक नाफामा गएको छ। आर्थिक वर्ष ७८/७९ मा कम्पनीले २ करोड ५५ लाख खुद नाफा कमाएको हो । आर्थिक वर्ष ७७/७८ मा कम्पनी २७ करोड घाटामा रहेको थियो ।यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ९८ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामामा २०२ प्रतिशत बढी हो। अहिल्लो आर्थिक वर्षमा कम्पनीको संचालन आम्दानी २२ करोड १९ लाख मात्र थियो । १ अर्ब ५३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने ३९ करोड ४४ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७४.२७ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा कम्पनीको अधिकतम शेयर मूल्य १३४३ रुपयाँमा कारोबार भएको थियो भने न्युनतम ९२४ रुपैयाँमा कारोबार भएको थियो । आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको आर्थिक क्रियाकलापा तुलनात्मक रूपमा राम्रो रहन गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अवधिको पहिलो महिनादेखि नै आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको हो।कम्पनीले भनेको छ 'कम्पनीको मुख्य आय भनेको आन्तरिक तथा बाह्य पर्ययटकले कम्पनीले सञ्चालन गरेका केबलकार, जिपलाइन, भ्यु टावरलगायत पर्यटकीय गतिविधिको प्रयोगबाट प्राप्त हुने आय नै हो। आन्तरिक पर्यटनको सकारात्मक बृद्धि तथा छिमेकी मुलुक भारतबाट भ्रमण आउने पर्यटकको संख्यामा भएको उल्लेख्य सुधारको फलस्वरूप कम्पनी परिसरभित्र भ्रमणमा आउने पर्यटकको संख्या तुलनात्मक रूपमा वृद्धि भयो। आन्तरिक तथा बाह्य हवाई उडानमा भएको सहजता तथा विश्वव्यापी रूपमा पर्यटन गतिविधिमा भएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थाल्यो । जसको फलस्वरूप भारतीय तथा अन्य तेस्रो मुलुकबाट आउने पर्यटकहरूको चहलपहलमा उल्लेख्य सुधार हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको पछिल्लो समयको आयमा हुन गयो।' यस अवधिमा कम्पनीले सञ्चालनमा ल्याएका विभिन्न पर्यटकिय गतिविधिको प्रयोग तथा भ्रमण र रिसोर्टमा वास बस्न आउने स्वदेशी पर्यटकको संख्यामा धेरै सुधार भएको कम्पनीले जनाएको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आयमा देखिएको कम्पनीले उल्लेख गरेको छ। सहवित्तीयकरण कर्जा एवं चालू पुँजीको साबा-व्याज तोकिएको समयमा भुक्तानी गरिदै आएको कम्पनीले जनाएको छ।
काठमाडौं, ७ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा चन्द्रागिरी हिल्सको कार्यालय, थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे बोलाएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बाह्रौँ वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७÷०७८ को वासलात,नाफा नोक्सान हिसाव र नगद प्रवाह […]
कात्तिक १२, काठमाडौं । चन्द्रागिरी हिल्सले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानीमा गत पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नोक्सानी घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले रू. ८ करोड ७१ लाख ५९ हजार नोक्सानी व्यहोरेको उक्त कम्पनी को नोक्सानी चालू आवको सोही अवधिमा रू. ३ करोड ८७ लाख २१ हजारमा झरेको हो ।
लकडाउन खुलेसँगै कम्पनीको आर्थिक प्रशासनिक क्रियाकलापहरु सञ्चालन हुन थालेकाले कम्पनीको नोक्सानी घटेको हो । सोही कारण चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ९१ लाख ३३ हजार धनात्मक भएको हो ।
यो आम्दानी गत आवको पहिलो त्रैमासमा रू. ३ करोड ७८ लाख १२ हजार ऋणात्मक रहेको थियो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड रहेको छ भने जगेडा कोष रू. ४३ करोड २२ लाख ८१ हजार ऋणात्मक रहेको छ ।
पहिलो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५२ पैसा ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ८२ पुगेको छ ।