९ महीनामा चन्द्रागिरी हिल्सको नाफा करीब ११ करोड

९ महीनामा चन्द्रागिरी हिल्सको नाफा करीब ११ करोड

सम्बन्धित सामग्री

पयर्टक आगमनसँगै बढ्यो चन्द्रागिरी हिल्सको आम्दानी, नाफा करिब ८०० प्रतिशत बढ्यो

काठमाडौं, ३०साउन।चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५करोड ११लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।जुन अघिल्लो ववर्षको तुलनामा ७९६.४१प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १करोड ६८लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चन्द्रागिरी हिल्स यो वर्ष करीब ८ करोड नाफामा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको सञ्चालन आम्दानी गत वर्षभन्दा करिब ४२ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४४ करोड ४० लाखभन्दा बढी रहेको सञ्चालन आम्दानी यस वर्ष रू. ६२ करोड ९० लाखभन्दा बढी भएको हो ।  कम्पनीको कुल खर्च पनि यो वर्ष बढेको छ । गत वर्ष रू. १२ करोड ६० लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ५७ लाखभन्दा बढी कुल खर्च गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ३० करोड ७८ लाखभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ७९ दशमलव ९३ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

चन्द्रागिरी हिल्स पहिलो पटक नाफामा, ईपीएस १.६७ रुपैयाँ

चन्द्रागिरी हिल्स आईपिओ निष्काशन गरेपछि पहिलोपटक नाफामा गएको छ। आर्थिक वर्ष ७८/७९ मा कम्पनीले २ करोड ५५ लाख खुद नाफा कमाएको हो । आर्थिक वर्ष ७७/७८ मा कम्पनी २७ करोड घाटामा रहेको थियो ।यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ९८ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामामा २०२ प्रतिशत बढी हो। अहिल्लो आर्थिक वर्षमा कम्पनीको संचालन आम्दानी २२ करोड १९ लाख मात्र थियो । १ अर्ब ५३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने ३९ करोड ४४ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७४.२७ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा कम्पनीको अधिकतम शेयर मूल्य १३४३ रुपयाँमा कारोबार भएको थियो भने न्युनतम ९२४ रुपैयाँमा कारोबार भएको थियो । आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको आर्थिक क्रियाकलापा तुलनात्मक रूपमा राम्रो रहन गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अवधिको पहिलो महिनादेखि नै आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको हो।कम्पनीले भनेको छ 'कम्पनीको मुख्य आय भनेको आन्तरिक तथा बाह्य पर्ययटकले कम्पनीले सञ्चालन गरेका केबलकार, जिपलाइन, भ्यु टावरलगायत पर्यटकीय गतिविधिको प्रयोगबाट प्राप्त हुने आय नै हो। आन्तरिक पर्यटनको सकारात्मक बृद्धि तथा छिमेकी मुलुक भारतबाट भ्रमण आउने पर्यटकको संख्यामा भएको उल्लेख्य सुधारको फलस्वरूप कम्पनी परिसरभित्र भ्रमणमा आउने पर्यटकको संख्या तुलनात्मक रूपमा वृद्धि भयो। आन्तरिक तथा बाह्य हवाई उडानमा भएको सहजता तथा विश्वव्यापी रूपमा पर्यटन गतिविधिमा भएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थाल्यो । जसको फलस्वरूप भारतीय तथा अन्य तेस्रो मुलुकबाट आउने पर्यटकहरूको चहलपहलमा उल्लेख्य सुधार हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको पछिल्लो समयको आयमा हुन गयो।' यस अवधिमा कम्पनीले सञ्चालनमा ल्याएका विभिन्न पर्यटकिय गतिविधिको प्रयोग तथा भ्रमण र रिसोर्टमा वास बस्न आउने स्वदेशी पर्यटकको संख्यामा धेरै सुधार भएको कम्पनीले जनाएको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आयमा देखिएको कम्पनीले उल्लेख गरेको छ। सहवित्तीयकरण कर्जा एवं चालू पुँजीको साबा-व्याज तोकिएको समयमा भुक्तानी गरिदै आएको कम्पनीले जनाएको छ।

चन्द्रागिरी हिल्स १ करोड ७५ लाखभन्दा बढी नोक्सानीमा

माघ १७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ७५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।  सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुद नोक्सानीमा कमी आएको हो ।  गत वर्ष यस अवधिसम्म कम्पनी रू. १२ करोड ३२ लाखभन्दा बढी खुद नोक्सानीमा थियो । यसवर्ष सञ्चालन आम्दानी ४०३ प्रतिशत बढेकाले कम्पनीको खुद नोक्सानीमा कमी आएको हो ।  गत वर्ष रू. ५ करोड १५ लाखभन्दा बढी केबलकार सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ९२ लाखभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ४३ करोड ७५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म रू. २६ करोड २९ लाखभन्दा बढी यो रकम ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको जगेडा कोषको ऋणात्मक रकममा भने वृद्धि भएको छ ।  कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव २९ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४८ रहेको छ ।

चन्द्रागिरी डाँडामा हिमपात सुरु

पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ । चन्द्रागिरी हिल्स प्रालिको फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

हिउँले ढाकियो चन्द्रागिरी (फोटोफिचर)

यतिबेला काठमाडौँमा  वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका जेनरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका छन् ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

चन्द्रागिरी हिल्सले पुस २९ गते बोलायो साधारण सभा

काठमाडौं, ७ पुस । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा चन्द्रागिरी हिल्सको कार्यालय, थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे बोलाएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बाह्रौँ वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७÷०७८ को वासलात,नाफा नोक्सान हिसाव र नगद प्रवाह […]

चन्द्रागिरी रिसोर्टमा ‘न्यू इयर इभ’ अफर

चन्द्रागिरी हिल्स रिसोर्टले अंग्रेजी नयाँ वर्षमा ‘न्यू इयर इभ’ प्याकेज ल्याएको छ । रिसोर्टले नयाँ वर्षमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै आकर्षक प्याकेजको योजना ल्याएको हो ।योजनाअनुसार रिसोर्टले २० हजार रुपैयाँमा दुई जनालाई ब्रेकफास्ट, गाला डिनर, डिलक्स कोठा उपलब्ध गराउने छ । यस्तै, दुईतर्फी केबलकारको टिकट तथा लाइभ बीबीक्यू, स्वीमिङ र स्पामा १० प्रतिशत छुट दिने कम्पनीले बताएको छ ।कम्पनीले ‘कम सेलिब्रेट एण्ड मेक योर स्टे मेमोरेबल’ नारासहित यो प्याकेज ल्याएको हो ।

राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्टमा

राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छिन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा गएकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमबार रिसोर्टमा बस्ने बताइएको छ ।

समाजवादीका ३२ सांसद र ६० केन्द्रीय सदस्य चन्द्रागिरिमा

काठमाडौँ- नयाँ दल दर्ताका लागि तयारी गर्न माधव नेपाल समूहका ३२ सांसद र ६० केन्द्रीय सदस्य सोमबार चन्द्रागिरी हिल्स रिसोर्ट पुगेका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभाका ३२ सांसद चन्द्रागिरी हिल्स रिसोर्टमा बास बस्न पुगेका हुन्। त्यस्तै, साविक एमालेको २०३ केन्द्रीय सदस्यमध्ये ६० जना चन्द्रागिरी हिल्समा बसेको एक सांसदले बताए। मंगलबार थप एक दर्जन जति […]