काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म रू. १ करोड ५८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो ।
यस वर्ष कम्पनीको सञ्चालन आम्दानी गत वर्षभन्दा करिब ४२ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ४४ करोड ४० लाखभन्दा बढी रहेको सञ्चालन आम्दानी यस वर्ष रू. ६२ करोड ९० लाखभन्दा बढी भएको हो ।
कम्पनीको कुल खर्च पनि यो वर्ष बढेको छ । गत वर्ष रू. १२ करोड ६० लाखभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. १७ करोड ५७ लाखभन्दा बढी कुल खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ३० करोड ७८ लाखभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ६ दशमलव ७६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ७९ दशमलव ९३ रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस