पयर्टक आगमनसँगै बढ्यो चन्द्रागिरी हिल्सको आम्दानी, नाफा करिब ८०० प्रतिशत बढ्यो

काठमाडौं, ३०साउन।चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १५करोड ११लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।जुन अघिल्लो ववर्षको तुलनामा ७९६.४१प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १करोड ६८लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सम्बन्धित सामग्री

चन्द्रागिरी हिल्सको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य सूचक कस्ता ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको छ ।  कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६३  प्रतिशत वृद्धि भएको हो ।  गत आवमा कम्पनीले रू. १ करोड ३१ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १३ लाख पुगेको हो ।  चालू आवमा कम्पनीको  सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  सञ्चालन आम्दानी गत आवको तुलनामा चालू आवमा १० दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. १८ करोड ६४ लाख रहेकोमा चालू आवमा बढेर रू. २० करोड ६१ लाख पुगेको हो ।  नाफाबढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ८५ पैसा रहेकोमा चालू आवमा बढेर १ रुपैयाँ ३९ पैसा पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ५३ करोड रहेको छ । जगेडा कोष भने रू. २१ करोड ३० लाख ऋणात्मक रहेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ११ पैसा र चालू अनुपात ३ दशमलव २५ गुणा रहेको छ ।

पर्यटन व्यवसायमा सुधारसँगै होटल तथा पर्यटन समूहका कम्पनीको बढ्यो नाफा

काठमाडौं । पछिल्लो समय पर्यटन व्यवसायमा सुधार आएसँगै नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीको नाफा उल्लेख्य रूपमा वृद्धि भएको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्र बिस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या वृद्धि भएकाले गत वर्ष नोक्सानीमा रहेका होटलहरू यस आवमा नाफामा गएका छन् ।  नेपाल स्टक एक्सचेन्जमा तीन ओटा होटल र टुरिजम समूहको चन्द्रागिरी हिल्स सूचीकृत छन् । यी चार ओटै कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा सोल्टी होटल लिमिटेडको रहेको छ । यस होटलले चालू आवको दोस्रो त्रैमाससम्म रू. २५ करोड १४ लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले रू. ४ करोड ९० लाख नाफा कमाएको थियो ।  पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा रू. ३० करोड ६२ लाख पुगेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलले चालू आवमा मात्रै रू. १० करोड ६१ लाख नाफा कमाएको छ । गत आवमा यो होटल रू. १२ लाख ५९ हजार नोक्सानीमा थियो । चालू आवमा यस होटलको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । गत आवमा यस होटलको सञ्चालन आम्दानी रू. २६ करोड ४७ लाख रहेकोमा चालू आवमा रू. ५३ करोड ११ लाख पुगेको छ ।  त्यसैगरी पर्यटन समूहको चन्द्रागिरी हिल्स लिमिटेडले चालू आवमा रू. ५ करोड १४ लाख नाफा कमाएको छ । गत आवमा कम्पनी रू. ५८ लाख ६ हजार नोक्सानीमा थियो । आन्तरिक पर्यटकहरूको भ्रमणमा भएको वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेर कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । साथै नेपाल भ्रमण गर्ने तथा नेपालमा कार्यक्रम गर्ने विदेशी पर्यटकहरूको संख्यामा समेत सुधार भएको र पर्यटकहरूको गतिविधिमा वृद्धि भएकोले कम्पनीको नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी गत आवमा रू. २८ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ४० करोड ८२ लाख पुगेको छ ।  त्यस्तै ओरियण्टल होटल्सले चालू आवमा रू. ३ करोड ६५ लाख नाफा कमाएको छ । गत आवमा भने होटल्स रू. ८ करोड नोक्सानीमा थियो । यस होटल्सको पनि आम्दानी वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १५ करोड ९ लाख भएकोमा चालू आवमा बढेर रू. ४३ करोड ९० लाख पुगेको छ ।  कसको नाफा कति ? कम्पनीको नाम नाफा रू. हजारमा (दोस्रो त्रैमास)  फरक प्रतिशत     चालू आव             गत आव सोल्टी होटल  २५१४३८ ४९०३४ ४१३ तारागाउँ रिजन्सी होटल १०६१६७ – १२५९ – चन्दागिरी हिल्स ५१४८७ – ५८०६ – ओरियण्टल होटल्स ३६५७५ – ८००२७ –  स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण ।