हेटौंडा : लैंगिक पहिचान र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ।मितिनी नेपालले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुझाएको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि बनाउनुपर्ने नीतिको मस्यौदामा उक्त माग गरिएको हो।बुधबार मितिनी नेपालको केन्द्रीय अध्यक्ष लक्ष्मी घलानले सामाजिक विकास मन्त्री मोक्तानलाई प्रदेश सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा बनाउनुपर्ने नीतिको मस्यौदा बुझाएकी थिइन्।मितिनी नेपालले बनाएको यौनिक तथ