प्रथम शहीद लखन थापाको योगदान पाठ्यक्रममा समावेश गर्न माग

प्रथम शहीद लखन थापा मगरले जहानियाँ राणा शासन अन्त्य गर्न पुर्‍याएको योगदानलाई पाठ्यक्रममा समावेश गर्न मगर संघले माग गरेको छ ।  थापाको योगदान र जीवनीलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी उनको योगदानलाई कदर गर्न संघले सरकारसँग आग्रह गरेको हो । लखन स्मृति दिवस फागुन २ गते पर्छ ।  नेपाल मगर संघ रूपन्देहीले १४५ औं लखन स्मृति दिवस कार्यक्रम मनाउने सन्दर्भमा शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापालाई राष्ट्रिय विभूति घोषणा गरी फागुन २ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।  नेपाल मगर संघका केन्द्री...