सांसदको माग : बलात्कारीलाई फाँसी र विद्यालयमा सुरक्षा विषय समावेश

विराटनगर : प्रदेशसभा १ का महिला सांसदहरूले बलात्कारका घटना कम गर्न विद्यालयस्तरको पाठ्यक्रममा नै सुरक्षा विषय राख्नुपर्ने माग गरेका छन्। यस्तै‚ बलात्कारीलाई फाँसीको सजाय दिए यस्ता घटना कम हुने धारणा राखेका छन्।नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएको ज्योति सुब्बाले बलात्कारका घटना कम गर्न विद्यालयका पाठ्यक्रममा सुरक्षाको विषय समावेश गर्नुपर्ने धारणा राखेकी छन्। बिहीवारको प्रदेश सभा बैठकको शून्य समयमा सुब्बाले पछिल्लो समय प्रदेश १ मा बलात्कारका घटना हुँदै आएकाले त्यस्ता घटनाब