लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा समेट्न माओवादीको माग

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नक्सा विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ । आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘कालापानी र लिम्पियाधुरा लिपुलेकसहित नेपालको भूमि रक्षाका सधैँ संघर्षरत रहने प्रण […]

सम्बन्धित सामग्री

माइतीघर मण्‍डलामा सरकारविरुद्ध अनेरास्‍ववियू (क्रान्तिकारी)को प्रदर्शन

काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्‍तिकारी माओवादी) निकट अनेरास्‍ववियू (क्रान्तिकारी)ले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । क्रान्तिकारीले शुक्रबार माइतीघर मण्डलामा कोभिडविरुद्ध निःशुल्क खोप, लिपुलेक कालापानी, लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा  राख्नुपर्नेलगायतका माग राख्‍दै प्रदर्शन गरेको हो । …

माइतीघर मण्‍डलामा सरकारविरुद्ध अनेरास्‍ववियू (क्रान्तिकारी)को प्रदर्शन

काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्‍तिकारी माओवादी) निकट अनेरास्‍ववियू (क्रान्तिकारी)ले शुक्रबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । क्रान्तिकारीले शुक्रबार माइतीघर मण्डलामा कोभिडविरुद्ध निःशुल्क खोप, लिपुलेक कालापानी, लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा  राख्नुपर्नेलगायतका माग राख्‍दै प्रदर्शन गरेको हो । …

प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा, कसले के भने ?

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको विशेष समयमा बौल्दै उनीहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिए। सो अवसरमा नेपाली कांग्रेसका पुष्पा भूषालले सरकारबाट राष्ट्रियता देखाउने र चुच्चे नक्सा हराउने काम भएको भन्दै हालै वितरण गरिएका मान, पदवी र विभूषणमा समेत सो नक्सा नहुनु दुःखद् रहेको बताइन् । उनले संसद्बाट पारित चुच्चे नक्सालाई सरकारले पाठ्यक्रममा राख्न रोकेको भन्ने विषयका सम्बन्धमा ...

लिम्पियाधुरा समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यपुस्तकमा समावेश

काठमाडौं । भातबाट अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यपुस्तकमा समावेश गरिएको छ । सरकारले अतिक्रमित भूभागसहितको नयाँ नक्सा पाठ्यपुस्तकमा समावेश गरेको जानकारी दिँदै प्रधानमन्त्री केपी ओली निकट नेकपा नेत्री निरुदेवी पालले सरकारले छिट्टै भूभाग पनि फिर्ता ल्याउने आशा व्यक्त गर्नुभएको छ । भारतले दशकौंदेखि अतिक्रमण गरी कब्जा गेरेको नेपाली भूभागलाई गत वर्ष आफ्नो नक्सामासमेत सामेल गरेपछि त्यसविरुद्ध नेपालमा चर्को विरोध भएको थियो । अतिक्रमित भूभागसहितको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित भएको थियो । त्यसलगत्तै सरकारले कालापानी लगायतको अतिक्रमित भूभाग समेटिएको पुस्तक तयार पारेपनि पाठ्यक्रममा समावेश गरेको छैन । सो पुस्तक पाठ्यक्रममा समावेश गर्न जनस्तरबाट सरकारलाई चर्को दबाब परेकै बेला नयाँ नक्सालाई कक्षा ८ र ११ को पाठ्यक्रममा सामेल गरिएको हो ।

लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा कक्षा ८ र ११ को पाठ्यक्रममा समावेश

कक्षा-११ र कक्षा-८ को पाठ्यक्रममा लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएर पाठ्यक्रममा समावेश गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा 'पाठ्यक्रममा समावेश'

काठमाडौं । लिम्पियाधुरा, कालपानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश भएको छ