जब अनैतिक सम्बन्धमा दरार उत्पन्न भयो…

धनगढी । कैलालीमा विवाहेत्तर सम्बन्धमा आएको दरारका कारण एक महिलाले सुपारी दिएर पुरुषको हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीको गोदावरी नगरपालिका ५ गेटीस्थित छोटु भन्ने शिवचरण रानाको हत्याकी योजनाकार जयन्ती चौधरीलाई बिहीबार सार्वजनिक गरेको छ । शिवचरणको हत्याका लागि जयन्तीले दुई जनालाई सुपारी दिएको खुलेको छ । उनको हत्यामा संलग्न दुई जना फरार छन्, जसको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीका अनुसार ३५ वर्षीय शिवचरण र ३७ वर्षीया जयन्तीबीच अवैध सम्बन्ध थियो । सोही सम्बन्ध बिग्रिएपछि जयन्तीले शिवचरणको हत्या गर्ने योजना बनाएकी थिइन् । फागुन १५ गते बिहान गेटा आँखा अस्पताल नजिक शिवचरणको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो । रानालाई टाउकोमा धारिलो बस्तुले प्रहार गरी हत्यापछि गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा शव पुरिएको प्रहरी अनुसन्धानले देखाएको छ। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम राणाले घटनाको प्रकृती, मृतक तथा अभियुक्तहरुले प्रयोग गरी आएको फोनको डिटेल्स, वारदात पूर्वको सम्बन्ध, रिसिईबी समेतका तथ्यहरुबाट जयन्तीको योजनामा हत्या भएको बताउनुभयो । प्रहरीका अनुसार उनीहरुको बीचमा पहिलेदेखिनै सम्बन्ध रहेको र पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । जयन्तीको गेटा आँखा अस्पताल अगाडि खोका पसल थियो । त्यसैबेलादेखि उनीहरु नजिकिएका थिए । त्यसक्रममा उनीहरुको अनैतिक सम्बन्ध समेत बाहिरिएपछि स्थानीयको बैठक बसी २ लाख रुपैयाँ लेनदेनमा मिलाएको खुलेको छ । त्यसपछि उनीहरुको बीचमा केही समय सम्बन्ध नभएपनि पुनः उनीहरु नजिकिएका थिए । उनीहरुको बिचमा बेलाबेला झगडा समेत हुने गरेको थियो । एकले अर्काप्रती शंका राख्ने र आर्थिक लेनदेन समेत भएको देखिएको एसपी राणाले बताउनुभयो । शिवचरणले आफू भन्दा बाहेकका महिलासँग सम्बन्ध राखेको थाहा पाएपछि जयन्तीले अपमानित भएको र विक्षिप्त भई बदला लिन हत्याको योजना बनाएको जयन्तीले प्रारम्भिक सोधपुछका क्रममा बताएकी छन् । जयन्तीले यसअघि पनि आफैंले हत्या गर्ने योजना बनाएको तर नसकेपछि नाताका दुई व्यक्तिलाई रकम दिएर हत्या गर्न लगाएको खुलेको छ । शिवचरण आफ्नो पसलबाट घर आउने जाने समय, प्रयोग गर्ने बाटो र सवारी साधनको बारेमा जयन्तीले हत्यामा ...

सम्बन्धित सामग्री

मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद

मधेस प्रदेशमा प्रदेशसभा सदस्यको बैंकमा खाता खोल्ने सम्बन्धमा विवाद भएको छ । मङ्गलबार सर्वदलीय सहमतिअनुसार प्रदेशसभा सदस्यलाई आह्वान गरिएको थियो । सो सहमतिअनुसार नेपाली कांग्रेस संसदीय दलले मेगा बैंकका प्रतिनिधिलाई बोलाएको थियो । तर सुरक्षाकर्मीले एनएमबी बैंकबाहेक अरू बैंक प्रतिनिधिलाई आदेश छैन भनेर प्रवेश गर्न नदिएपछि विवाद उत्पन्न भएको हो । प्रहरीले बिहान ११ […]

काँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशनमा अझै किचलो

विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच  अधिवेशन गराउन भएको निर्वाचन स्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो ।‘केन्द्रीय महाअधिवेशनमा सहभागी हुन नपाएपछि अधिवेशन नभए पनि हुन्छ भन्ने मनसायले केही नेताहरू अधिवेशन नै हुन नदिने षडयन्त्रमा लागेका छन्’, जिल्ला सचिव शम्भु पाठकले भने । आपसी विवादका कारण क्षेत्रको अधिवेशन स्थगित भएपछि केन्द्रीय महाअधिवेनमा भाग

उपभोक्ताबाट काम गराउनेबारे मन्त्रालयको प्रस्टोक्ति : ‘कानुन बमोजिम नै गर्ने’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपभोक्ता समितिमार्फत कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा कानुन बमोजिम नै हुने प्रस्ट्याएको छ ।  स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम तथा आयोजना स्थानीय उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने गराउने सम्बन्धमा स्थानीय तहमा उत्पन्न अन्यौलताबारे प्रस्ट्याउँदै मन्त्रालयले प्रचलित कानुन बमोजिम नै कार्यसम्पादन गर्न भनेको हो । सार्वजनिक […]

गैरआवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । भेटमा अध्यक्ष पन्तले सङ्घले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग कोभिड– १९ का कारण उत्पन्न विषम परिस्थितिमा […]

सामाजिक सुरक्षा ऐनका सम्बन्धमा सर्वोच्चको अन्तरिम आदेशप्रति जिफन्टको असन्तुष्टि

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सामाजिक सुरक्षा ऐनका सम्बन्धमा हालै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएको छ । उसले यसका विरुद्ध आवाज उठाउनसमेत आह्वान गरेको छ ।सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश नसच्चिएमा श्रम बजारमा अराजकता उत्पन्न हुने निश्चित रहेको भन्दै जिफन्टले अन्तरिम आदेशलाई सर्वोच्च अदालतले पूर्ण फैसलाबाट सच्याउने विश्वास पनि व्यक्त गरेको छ ।जिफन्ट महासचिव जनक चौधरीले बिहीबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको साउन १९ गतेको अन्तरिम आदेशले थप अन्यौल सिर्जना गर

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले चासो दिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति मातहतको नागरिक उड्डयन, युरोपेली मुलुक र इजरायल हेर्न गठित डेस्क÷समूहले विशेष चासो राखेर निगमका महाप्रबन्धक र कर्मचारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । सो […] The post निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धनबारे उत्पन्न विवादमा दुर्गा प्रसाईको प्रस्टोक्ति

बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति, २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी हुनुभन्दा तीन वर्ष अगावै काठमाडौं विश्वविद्यालय समक्ष सम्बन्धनको लागि निवेदन दिएको प्रस्ट पारेका छन् ।सोही निवेदनका आधारमा काठमाडौं विश्वविद्यालयको सभाको ८९ औं बैठकले बिएण्डसी मेडिकल कलेजलाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रक्रिया अग

निर्वाचन आयोगको निर्णय मान्य हुँदैन, कानुनी उपचारमा जान्छौँ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जसपाको सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका छन् । उनले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै शंका उत्पन्न भएको भन्दै आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ जारी रहने चेतावनी पनि दिए । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आयोगले मागेबमोजिम सम्पूर्ण कागजात […]

संवैधानिक इजलास गठनमा समस्या आउन सक्छ : पूर्वमहान्यायाधिवक्ता खरेल

काठमाडौं। पूर्वमहान्यायाधीवक्ता अग्नि खरेलले कानून व्यवसायीले न्यायाधीश छान्न अनुचित रहेको बताएका छन्। आज देखापढीसँग कुराकानी गर्दै महान्यायाधिवक्ता खरेलले नेकपा एकतासम्बन्धी फैसला र प्रतिनिधिसभा विघटनसँग दाँजेर हेर्न नमिल्ने बताए। “संवैधानिक इजलास गठन हुने सम्बन्धमा समस्या उत्पन्न हुनसक्छ। न्यायाधीशलाई अस्वीकार गर्नु ठीक हुन सक्दैन,” उनले भने, “एक-अर्काबीच विश्वासको वातावरण नबनेको देखिन्छ।”