विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको निर्वाचन स्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो ।‘केन्द्रीय महाअधिवेशनमा सहभागी हुन नपाएपछि अधिवेशन नभए पनि हुन्छ भन्ने मनसायले केही नेताहरू अधिवेशन नै हुन नदिने षडयन्त्रमा लागेका छन्’, जिल्ला सचिव शम्भु पाठकले भने । आपसी विवादका कारण क्षेत्रको अधिवेशन स्थगित भएपछि केन्द्रीय महाअधिवेनमा भाग