प्रधानन्याधीशकाे प्रश्न: १४६ सांसद अदालतमा आएकाेले यसलाई प्रधानमन्त्री नियुक्त गर भन्दा संवैधानिक हुन्छ?

काठमाडौँ – विवाद उत्पन्न भएको अवस्थामा प्रधानमन्त्रीको नियुक्ति सम्बन्धमा रहेको संवैधानिक व्यवस्थाको व्याख्या गर्ने जिम्मेवारी अदालतको रहेको सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गर्ने कानून व्यवसायीले बताएका छन्। संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाईको क्रममा आइतबार सर्वोच्च अदालतमा सभामुखको तर्फबाट कानून व्यवसायीहरुले बहस गरिरहेका छन्। बहसको क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सभामुखका वकिललाई ‘१४६ जना सांसद अदालतमा […]