माडीमा एमालेका मेयर, राप्रपाका उपमेयर

सत्ता गठबन्धनको तालमेल भद्रगोल भए पनि विपक्षी दल एमालेसहित साना दलको तालमेल बलियो बन्दै गएको छ । यसक्रममा चितवनको माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ । सहमति भएसंगै सो नगरपालिकाका उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएका एमालेका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिदै राप्रपाका तर्फबाट उपमेयरमा मदन पौडेललाई समर्थन गर्नुभएको छ । दुवै पार्टीले माडीमा एक …

सम्बन्धित सामग्री

रामग्राममा एमालेका मेयर र राप्रपाका उपमेयर निर्वाचित

४ जेठ नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यो नगरपालिकामा यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको थियो । मेयर पदमा अहिलेकै उमेदवार नरेन्द्रकुमार गुप्ताले दोहोर्‍याएका थिए । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई उमेदवार उठाएको थियो । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ३८ मत […]

भरतपुर महानगरपालिकाको उपमेयरमा काँग्रेसको अग्रता, कसको कति मत ?

भरतपुर महानगरपालिकाको उपमेयर पदमा काँग्रेस र राप्रपाका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । प्रारम्भिक मतगणनाअनुसार राप्रपाका मेयरका उम्मेदवार काँग्रेसका उम्मेदवार भन्दा पछि परेका छन् । उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन् । भरतपुरमा राप्रपा र एमालेको गठबन्धन रहेको छ भने अर्कोतिर सत्ता गठबन्धन रहेको छ।  मेयरको नतिजा पछिल्लो अपडेट नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन्

भद्रपुर नगरपालिकामा गठबन्धनकाे सुरुवाती अग्रता

भद्रपुर : भद्रपुर नगरपालिकामा ३०० मत गणना हुँदा कांग्रेस माओवादी तथा एकीकृत समाजवादी गठबन्धनले सुरुवाती अग्रता बनाएकाे छ। मेयर पदमा गठबन्धनका गणेश पाेखरेल १ सय १८ मत ल्याउँदै सबैभन्दा अगाडि छन्। त्यस्तै मेयरमा एमालेका असारु राजव‌ंशीकाे ७५ तथा राप्रपाका नवराज पनेरुकाे ७० मत रहेकाे छ। उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी १ सय १७ मत ल्याउँदै अग्रता बनाएका छन्। एमालेका काैशिल्या अधिकारीकाे ७६ तथा राप्रपाका राधा कार्कीकाे ६३ मत रहेकाे छ।

बागलुङ नगरपालिकामा एमाले र राप्रपाबिच तालमेलको सहमति

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राप्रपाबिच चुनावी तालमेलको सहमति भएको छ । बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेले समर्थन गरेका छन् । यो सहमतिपछि बागलुङको […]

उम्मेदवार बन्न दल अदलबदल

नेपालगन्ज उपमहानगरको मेयरमा उम्मेदवारी दिएका राप्रपाका नन्दलाल वैश्य अघिल्लो दिन नेकपा (माओवादी केन्द्र)मा थिए । सत्तागठबन्धन दलबीच उपमहानगर भागबन्डा गर्दा नेपालगन्ज उपमहानगरको मेयर नेपाली कांग्रेस र उपमेयर जनता समाजवादी पार्टी (जसपा)को...

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल, राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार फाइनल

चितवनको भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ।  तालमेलअनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार भएकी छन् । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले गुरुङलाई पार्टीले उपमेयर बनाउने निर्णय गरेको बताए । यस्तै पाँचदलीय गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेकी छन् भने उपमेयरमा नेपाली काँग्रेसको चित्रसेन अधिकारी रहेका छन् । चितवनमा दुई पक्षीय तालमेलले रोचक भिडन्त हुने देखिएको छ ।&nb

विराटनगरको मेयर र उपमेयरमा राप्रपाका उम्मेदवारद्वारा मनोनयन दर्ता

मोरङ– विराटनगरको मेयर र उपमेयरमा राप्रपाका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरका उम्मदेवार प्रह्लाद साह र उपमेयरमा बबिता आचार्य लुइँटेलले मनोनयन दर्ता गराएका हुन्। पार्टी महामन्त्री रहेका साह यसअघि विराटनगरको मेयर भइसकेका छन्। उपमेयर आचार्य जिल्ला अध्यक्ष माधव आचार्यको श्रीमती हुन्। राप्रपाले विराटनगरमा एक्लै प्रतिस्पर्धा गर्दैछ।

भरतपुरमा एमाले र राप्रपा मिले, राप्रपालाई उपमेयर

चितवन – चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई दलबीच आज साेमवार भएको छलफलपछि तालमेल गर्ने सहमति भएको हो ।  भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला प्रचार विभाग सचिव हरि पोखरेलले जानकारी दिनुभएको छ ।  सहमतिअनुसार राप्रपाले महानगरको वडा नम्बर १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नम्बर ४, ११, १६, १९ र...

राप्रपाको विराटनगर मेयर उम्मेदवार प्रह्लाद साह

१२ वैशाख, काठमाडौं । राप्रपाले विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विराटनगर महानगरपालिकाको मेयरमा प्रह्लाद साह र उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको जानकारी दिए । हाल राप्रपाका महामन्त्री समेत रहेका प्रल्हाद साह विराटनगरका पूर्वमेयर समेत हुन् ।

ललितपुर महानगरपालिकामा राप्रपाका उम्मेदवारले दर्ता गराए मनोनयन (तस्बिरसहित)

राप्रपाबाट ललितपुर महानगरपालिकामा मेयर र उपमेयर उम्मेदवारका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा अष्ट महर्जन र  उपमेयर स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरू र्यालीसहित उम्मेदवारी दर्ताका लागि पुगेका थिए ।