भरतपुर महानगरपालिकाको उपमेयरमा काँग्रेसको अग्रता, कसको कति मत ?

भरतपुर महानगरपालिकाको उपमेयर पदमा काँग्रेस र राप्रपाका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । प्रारम्भिक मतगणनाअनुसार राप्रपाका मेयरका उम्मेदवार काँग्रेसका उम्मेदवार भन्दा पछि परेका छन् । उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५७ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छन् । भरतपुरमा राप्रपा र एमालेको गठबन्धन रहेको छ भने अर्कोतिर सत्ता गठबन्धन रहेको छ।  मेयरको नतिजा पछिल्लो अपडेट नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन्

सम्बन्धित सामग्री

चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका १० बीच उपचारमा छुटसम्बन्धी सम्झौता

चितवन मेडिकल कजेज र भरतपुर महानगरपालिका वडा नम्बर १० बिच उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा चितवन मेडिकल कलेजको तर्फबाट व्यवस्थापक पारस अधिकारी र वडाध्यक्ष परमेश्वर खनालले हस्ताक्षर गरेका छन्।

वन्यजन्तुको जोखिम रोक्न तात्यो भरतपुर महानगरपालिका

चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका चारवटा वडामा मेसजाली निर्माण कार्य सुरु भएको छ । निर्माण कार्यको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेकी छन् । भरतपुरको वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेसजाली निर्माण काम हुनेछ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर […] The post वन्यजन्तुको जोखिम रोक्न तात्यो भरतपुर महानगरपालिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भरतपुर महानगरपालिका र सिगात्से सहरबीच समझदारी

काठमाडौं- भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम भएको छ। दुवै नगरका प्रमुखले त्यससम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से सहरका प्रमुख लिउ स्वाचुङले समझदारीपत्रमा हस्ताक्षर भएको हो। प्रारम्भमा पाँच वर्षका निम्ति भगिनी सम्बन्ध कायम गरिएको छ। […]

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच सहयोग आदानप्रदान

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहर सहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुईपक्षीय सहमति भएको छ । ती दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम रहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहर मेयर वाड्ग फड्ग हुड्ग बीच दुई पक्षीय सहमति भएको हो । दुई सहरबीच एकापसमा सहयोग आदनप्रदान गर्दै यहाँका जनताको बीचमा सुमधुर …

भरतपुर महानगरपालिका-२९ घोर्लेमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

१६ साउन, भरतपुर । भरतपुर महानगरपालिका-२९ घोर्लेमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार दिउँसो ३:५० बजे नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ ख ८५८८ नम्बर माइक्रोबसको अगाडिको टायर खुस्किएर घोर्ले भन्‍ने ठाउँमा दुर्घटना भएको मुग्लिनले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अघि बढ्छ : मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले सो कुरा बताएकी हुन् ।विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् । मेयर दाहालले विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्मअनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् ।‘पहिचानक

इजरायली राजदुत र भरतपुर महानगरपालिका प्रमुखबीच भेटवार्ता

इजरायली राजदुत हानन गोदार र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाको कार्यलयमा भएको भेटवार्तामा दुई देशबीचको पारस्परिक सहकार्यमा केन्द्रित भएर छलफल भएको बताइएको छ ।...

भरतपुर महानगरपालिका-३ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडामा खसेको ३ हजार २४४ मत गणना गर्दा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेका विकास थापाले जित हात पारेका हुन् । थापाले १ हजार ६६६ मत ल्याएर जित हात पार्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत अधिकारीले […]

भरतपुर महानगरपालिका २ मा काँग्रेसका उम्मेदवार विजयी

भरतपुर महानगरपालिका २ मा काँग्रेसका उम्मेदवार मनोज रानाभाट अध्यक्षमा विजयी भएका छन् । एमालेका कृष्ण केसीले २०५८ मत पाउँदा मनोज रानाभाट २१०५ मत पाएर विजयी भएका हुन् ।यसअघि वडा १ मा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका थिए ।

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

– नारायण अधिकारी चितवन, २२ पुस : शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक […]