भरतपुरमा एमाले र राप्रपाबीच तालमेल, राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार फाइनल

चितवनको भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ।  तालमेलअनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार भएकी छन् । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले गुरुङलाई पार्टीले उपमेयर बनाउने निर्णय गरेको बताए । यस्तै पाँचदलीय गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेकी छन् भने उपमेयरमा नेपाली काँग्रेसको चित्रसेन अधिकारी रहेका छन् । चितवनमा दुई पक्षीय तालमेलले रोचक भिडन्त हुने देखिएको छ ।&nb

सम्बन्धित सामग्री

बुढीगंगाको मेयर उपमेयरमा एमाले निर्वाचित

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार  मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।  एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ […]

बुढीगंगामा १७ सय गणना बाँकी हुँदा मेयर-उपमेयर दुवैमा एमाले अगाडि, कसको कति ?

मेयरमा एमाले उम्मेदवार रामबहादुर बानियाँ ७८० मतले अगाडि छन् । उपमेयर उम्मेदवार मायाकुमारी खड्का कुँवर ६०० मतले अगाडि छन् ।

भरतपुर अपडेटः मेयर र उपमेयरमै गठबन्धनको अग्रता, कसको कति मत ?

भरतपुर महानगरपालिकामा खसेको मध्ये कुल ६१ हजार २५ मत गणना सकिएको छ । शुक्रबार राति ८ बजेको मतपरिणाम अनुसार सत्ता गठबन्धनका मेयर र उपमेयरका दुबै उम्मेदवार अघि रहेका छन् । गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले  २३ हजार १९२ मत पाएकी छन् भने काँग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले २५ हजार ४४१ मत पाएका छन् । यस्तै एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १९ हजार ७४६ मत पाएका छन् भने राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले १५ हजार ५७६ मत पाएकी छन् ।&nbs

इलाम नगरपालिकामा काँग्रेसलाई पछ्याउँदै एमाले

इलाम नगरपालिका नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार केदार थापाले १७८३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार धिरेन चेम्जोङले १६०३ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।उपमेयरमा १८२९ मत ल्याउँदै काँग्रेसकी विष्णुकमारी लिम्बुको अग्रता रहेको छ भने एमालेकी उपमेयर उम्मेदवार सीता देवी रिजालले १८२९ मत ल्याएकी छन् ।

कुश्मामा कांग्रेसका मेयर र एमाले उपमेयरविरुद्ध परेको उजुरी बदर

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका रामचन्द्र जोशी र नेकपा एमालेको तर्फबाट उपमेयर उम्मेदवार स्वस्थानी रिजाल विरुद्ध परेको उजुरी बदर भएको छ । मेयरका उम्मेदवार जोशीका विरुद्ध मेयरका स्वतन्त्र उम्मेदवार गंगाधर पौडेल तथा उपमेयर उम्मेदवार रिजालका विरुद्ध गठबन्धन मार्फत उपमेयरका उम्मेदवार नेकपा माओवादीका नेता शंकर गिरीका प्रतिनिधि मीनराज केसी अविरलले मुद्दा […]

शब्दचित्रमा चिनौं धरान र इटहरी उपमहानगरपालिकाका एमाले उम्मेदवार

प्रदेश १ का दुई उपमहानगर छन् । यी दुइटै उपमहानगर सुनसरीमै छन् र एकापसमा जोडिएका छन् । यी उपमहानगरको मेयर र उपमेयर उम्मेदवार सार्वजनिक गर्न गठबन्धनभन्दा अगाडि नेकपा एमाले आएको छ ।

एमालेले चितवनका थप ५ पालिकामा उम्मेदवार टुङ्ग्यायो

चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुङ्गो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुई वटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा गोविन्द […]

चितवनका थप ५ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार

११ वैशाख, चितवन । चितवनका थप ५ पालिकामा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले बागमती प्रदेश कमिटीले जिल्लाका ५ नगरपालिकाको मेयर र चार उपमेयर उम्मेदवार टुंगो लगाएको हो । जिल्लाका ७ पालिकामध्ये दुईवटा पालिकामा एमालेले यसअघि नै सर्वसम्मत उम्मेदवार चयन गरिसकेको थियो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको मेयरमा […]

बेलबारीमा उदायो सुर्य - Purbeli News

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयर र उपमेयर दुवैमा एमाले बिजयी भएको छ । मेयरमा नेपाली काँग्रेसका राजकुमार लिम्बुलाई पराजित गर्दै ज्ञानेन्द्र सुवेदी र उपमेयरमा काँग्रेसकी उपमेयर उम्मेदवार रुक्मिणी धिमाललाई पराजित गर्दै ढाका पराजुली तारा निर्बाचित भएका छन । यस्तै वडा नम्बर ११ को अध्यक्षमा नेपाली नेकपा एमालेकै राजन पोख्रेल अत्याधिक मतका...