भरतपुरमा एमाले र राप्रपा मिले, राप्रपालाई उपमेयर

चितवन – चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई दलबीच आज साेमवार भएको छलफलपछि तालमेल गर्ने सहमति भएको हो ।  भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला प्रचार विभाग सचिव हरि पोखरेलले जानकारी दिनुभएको छ ।  सहमतिअनुसार राप्रपाले महानगरको वडा नम्बर १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नम्बर ४, ११, १६, १९ र...

सम्बन्धित सामग्री

रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता कायमै

प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एउटामा कांग्रेस र अर्को एउटा क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछाडि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विक ५ हजार ३४५ मतसहित अग्रता बनाइरहेका छन् । पाँच

कञ्चनपुरमा एमाले-राप्रपा तालमेल

कञ्चनपुरमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। पाँच बुँदे सहमतिपत्रमा एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट र राप्रपा अध्यक्ष गजेन्द्र चन्दले हस्ताक्षर गरेका छन्।  चुनावी तालमेलका लागि आयोजित कार्यक्रममा...

एमाले-राप्रपा बैठक अनिश्चित

काठमाडौँ – चुनावी तालमेल गर्ने निर्णयमा पुगेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बैठक अनिश्चित भएको छ । शुक्रबार बेलुकीसम्म बसेर सिट संख्यामा सहमति गरेका राप्रपा र एमालेको बैठक आज (शनिबार) बस्ने भने पनि निश्चित नभएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापा गएका कारण बैठक कति खेर बस्छ […]

सकियो बालकोट बैठक, एमाले–राप्रपा सहमति नजिक

२१ असोज, काठमाडौं । एमाले र राप्रपा चुनावी तालमेल गर्न सहमत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् । दुई पार्टीका अध्यक्षसहित नेताहरुबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो । राप्रपा नेता बुद्धिमान तामाङले अनलाइनखबरलाई दिएको […]

धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल

काठमाडौं : धादिङमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल भएको छ।नेकपा एमाले धादिङले प्रेस विज्ञप्ति निकालेर एमाले र राप्रपाबीच तालमेल भएको जानकारी गराएको हो। जिल्लामा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेका छन्।एमाले जिल्ला सचिव अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) र राप्रपा नेपालका केन्द्रीय सदस्य निरबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा तालमेल गरिएको छ, तालमेललाई कार्यान्वयन गर्न गराउन सम्पूर्ण पालिकाका प्रमुख र वडा प्रमुख कमरेडहरूलाई निर्

एमाले र राप्रपा नेपालबीच चूनावी गठबन्धन

नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा गठबन्धन हुने भएको छ । बुधबार दुई पार्टीबीच आसन्न स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो । सहमति अनुसार राप्रपा नेपालका...

एमाले र राप्रपा (नेपाल)बीच तालमेल तय

प्रमुख प्रतिपक्ष दल एमाले र कमल थापा नेतृत्वको  राप्रपा (नेपाल)बीच चुनावी तालमेल करिब निश्चित भएको छ । राप्रपा नेपालसँग निरन्तर संवादमा रहेका एमाले नेता देवेन्द्र दाहालले सोमबारसम्म निर्णयमा पुगिने बताए ।  ‘राप्रपा नेपालसँग...

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

चुनावी गठबन्धनको प्रयासमा एमाले र राप्रपा नेपाल

२० चैत, काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि सम्वाद भइरहेको नेताहरुले बताएका छन् । तत्कालीन राप्रपाले जितेका स्थानीय तह आफूलाई छाड्ने हो भने देशभर एमालेलाई सघाउन राप्रपा नेपालको नेतृत्व तयार देखिएको छ । राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष ओलीलाई भेटेका छन् भने दुई पार्टीका अरु […]

राप्रपा अध्यक्ष कमल थापालाई एमाले महाधिवेशनमा निम्तो

नेकपा एमालेले राप्रपा अध्यक्ष कमल थापालाई मंसिर १० गते चितवनमा हुने महाधिवेशनको समुद्घाटन समारोहमा सम्बोधन गर्न निम्तो दिएको छ । राप्रपा अध्यक्ष थापालाई एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले आज पार्टी केन्द्रीय कार्यालयमा भेट गरि अध्यक्ष थापालाई  बुझाएका छन् । राप्रपा आफैं पनि महाधिवेशनको अन्तिम तयारीमा रहेको भएतापनि नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको राप्रपा प्रचार संयोज