लुम्बिनी प्रदेशसभाको बैठकमा नेकपा एमालेले निरन्तर गर्दै आएको गतिरोध अन्त्य भएको छ । मंगलबारको १०औं प्रदेशसभा बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलले जनादेशको सम्मान गर्दै एमालेले एक कदम पछाडि हटेर संसदको अवरोध अन्त्य गरेको जानकारी गराएका हुन् । उनले मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका थिए ।