एमाले अध्यक्ष ओलीको कदम सकारात्मक छ, धन्यवाद भन्न चाहन्छुः सुरेन्द्र पाण्डे

काठमाडौं। एमाले नेता सुरेन्द्र पाण्डेले कारबाही फुकुवा गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सकारात्मक भएको भन्दै धन्यवाद दिएका छन्। आज बालुवाटारमा एमालेको स्थायी कमिटी बैठकले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेपछि नेता पाण्डले अध्यक्षको सकारात्मक कदम भएको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै देखापढीसँग भने, “पहिले नै हामीले गल्ती कदम भनेका थियौं,कारबाही फिर्ता लिनुभयो,अध्यक्षको सकारात्मक कदम हो।”

सम्बन्धित सामग्री

एमाले सरकार गठनको दौडमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवन शाखाले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गर्नुभयो । अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था […]

एमाले सरकार गठनको दौडमा छैन : सुरेन्द्र पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे ।उनले भने– “अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसदमा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दि

सुरेन्द्र पाण्डे : प्रतिकूल चुनावी अंकगणितमा ‘ह्याट्रिक’ प्रयास

चितवन निर्वाचन क्षेत्र नं. १ बाट यसअघि दुई पटक निर्वाचित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे ह्याट्रिकको दाउमा छन् । अवस्था भने यसपटक २०७४ को जस्तो अनुकूल छैन ।

चितवन १ बाट उम्मेदवार बन्न सुरेन्द्र पाण्डे र थपलियाले दर्ता गराए पार्टीमा आवेदन

१८ भदौ, चितवन । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य जगन्नाथ थपलियाले चितवन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न नाम दर्ता गराएका छन् । एमाले क्षेत्रीय समन्वय कमिटीको भेलामा नेता पाण्डे र थपलियाले आकांक्षा राखेर नाम दर्ता गराएको नेकपा एमाले चितवनले जनाएको छ । पाण्डे सो क्षेत्रबाट अहिले […]

अवस्था यस्तै रहे देशमा पैसा छाप्न समेत असम्भव हुन्छ: सुरेन्द्र पाण्डे

काठमाडौं, २७ चैत । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक संकट लम्बिएर गए नोट छाप्न समेत सम्भव नहुने बताएका छन् । उनले फुल गभर्नरले मात्र नोट छाप्न पाउने भन्दै गभर्नर नभएको अवस्थामा नोट छाप्न नसकिने बताएका हुन् । मुलुकको विद्यमान आर्थिक अवस्थाका बारेमा नेकपा (एमाले)का पूर्वअर्थमन्त्रीहरुले काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा आयोजना […]

राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचन : सुरेन्द्र पाण्डे

कुलप्रसाद काफ्ले/चितवन, ५ पुस :  नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताएका छन् । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रुपले देशको स्थिति गम्भिर अवस्थामा पुगिसकेको बताए । देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट […]

माधव नेपालले हामीलाई उल्लु बनाउनुभयो : सुरेन्द्र पाण्डे (भिडिओसहित)

काठमाडौं, १३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले दश बुँदे सहमति अधिकांश स्थानमा कार्यान्वयन भैसकेको स्पष्ट पारेका छन् । उनले आफूहरु विधान महाधिवेशनको तयारीमा जुटिसकेको बताउँदै अहिले देखिएका आन्तरिक समस्या पनि समाधान गरिसकिने विश्वास दिलाए । उनले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज को हो भनेर हिजोको बैठक छलफलसमेत नभएको […]

दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट

उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्।   दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्।  आचार्यका अनुसार खनालले पार्टी विभाजनको...

ओली र नेपालपछि विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि पुगे मेरियट

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताका लागि होटल मेरियट पुगेको केही बेरमा उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेल पनि पुगेका छन् । पाैडेलसँगै सुरेन्द्र पाण्डे पनि बैठक स्थल पुगेका छन् । एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भइरहेका बेला पौडेल र पाण्डे पनि मेरियट पुगेका हुन् । यसअघि अध्यक्ष ओलीले नेता नेपालसहित २७ जना नेताहरुलाई स्पष्टिकरण सोधेको भोलिपल्ट अर्थात गत बैशाखमा ८ गते पनि ओली र नेपाल हो