काठमाडौं : नाटक हेर्न गएका दर्शकहरूलाई एउटा घण्टीको प्रतीक्षा हुन्छ। जुन घण्टी एकैछिनमा नाटक शुरु हुने र दर्शकलाई हलभित्र छिराउने संकेत पनि हो। राजधानीस्थित सर्वनाम थिएटरमा बुधबार झण्डै २८ महिनापछि घण्टी बज्यो। कोरोनाका कारण लामो समयसम्म नाटक मञ्चन नभएको सर्वनाममा अशेष मल्लको निर्देशनमा तयार भएको गीति नाटक 'सपना अनेक अनेक'को प्रिमियरमा लामो समयपछि उक्त घण्टी बजेको हो।कोरोनापछि अन्य नाटकघरहरूले नियमित नाटक मञ्चन थालिसके पनि सर्वनाममा भने नाटक मञ्चन भएको थिएन। नाटक मञ्चन नभए पनि